हिराकाजी अर्थात राजकुमारको ‘दही मिठो…’ सार्वजनिक

काठमाडौं– कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको लोकप्रिय हास्य श्रृंखला ‘रिसानी माफ…’ का लोकप्रिय पात्र हुन् हिराकाजी । उनको वास्तविक नाम हो राजकुमार देवकोटा । देवकोटा ‘रिसानी माफ’ का मुख्य कलाकारका साथै निर्माता समेत हुन् ।
कलाकार देवकोटाको परिचय यत्तिमै सिमित छैन । उनी अभिनयका साथ–साथै कुशल गायक पनि हुन् । देवकोटाले आफ्नो स्वरमा केही एकल एल्बम सहित दर्जनौं गीत गाइसकेका छन् । झण्डै डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय देवकोटाले गाएका गीतहरुमध्ये कल्पनाकी मनकी रानी, मर्थें मर्थें, निधारमा रातो टीका, आकाश हाम्रा पिता आदि स्रोताले रुचाएका थिए ।
यसअघि ‘हर्के हल्दार’ शीर्षकको टेलिश्रृंखलामा समेत अभिनय गरेका उनै गायक देवकोटा आफ्नो बिल्कुलै नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘दही मिठो दारको ठेकीको…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो बिहिबार सङ्सनेपाल यूट्युब च्यानलमार्फत प्रिमियर गरिएको छ ।
संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ उक्त गीतमा रमेश भट्टराईको संगीत संयोजन छ ।
उक्त म्युजिक भिडियोलाई बिनोद राई ‘घ्याम्पे सुब्बा’ ले निर्देशन गरेका हुन् । सागर गौतमले यो म्युजिक भिडियो छायांकन गरेका हुन् । उक्त गीतको रमाइलो म्युजिक भिडियोमा कलाकार बेगम नेपाली, सुदिप हमाल र अनुमति नेपालीले अभिनय गरेका छन् । रविन्द्र खड्काले उक्त भिडियो सम्पादन गरेका हुन् ।
यस्तो छ दही मिठो दारको गीतको म्युजिक भिडियो
https://youtu.be/eL-kvOOmsAM
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...