मिस राई-२०१६ मा १४ प्रतिस्पर्धि

काठमाडौं—किरात राई मौलिक कला संस्कृति केन्द्रले वार्षिक रुपमा आयोजना गर्दै आएको सिटिभि मोबाइला मिस राई—२०१६ को चौथो संस्करणमा १४ जना राई समुदायका युवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । किरातीहरुको नयाँ सम्बत यालेदोङ ५०७६ को अवसरमा पारेर आयोजना गर्न लागिएको यो प्रतियोगितामा किराती मौलिक संस्कृति कला, संस्कार, किराती इतिहाासका बारेमा प्रशिक्षण दिइने आयोजक संस्थाले जनाएको छ । प्रतियोगिहरुलाई किरात राईहरुको उदगम थलोको रुपमा रहेको खोटाङ जिल्लाको तुवाचुङ जायजुम तथा धार्मिक पर्यटकिय स्थल हलेसी गुफाको भ्रमण गराउनका साथै आकर्षक फोटोसुटका साथै विभिन्न किसिमका व्यक्तित्व विकास सम्बन्धी तालिमहरु समेत दिइने केन्द्रका अध्यक्ष अपर्ण राईले जानकारी दिएका छन् । प्रतियोगिताकालागि आाखीसल्ला ४ धनकुटाकी सिर्जना राई, बुईपा ७ खोटाङकी सरिता राई,सप्तेश्वर ५ खोटाङकी सन्तोषी राई, बाहुनी डाडा ६ खोटाङकी अम्बिका राई, रानीबास १ भोजपुरकी सन्ध्या राई, धरान १२ सुनसरीकी निशा राई कुरुम्वा ९पाँचथरकी निश्मा राई हलेसी महदेवस्थान ७ खोटाङकी एलिसा राई, बेल्टार १ उदयपुरकी कबिता राई, थाक्ले ९ ओखलढुङ्गाकी सिता राई, छिन्ताङ्ग ९धनकुटाकी निरुता राई रवि–५ पााचथरकी मिरा दुमि राई लखनपुर १ झापाकी रोजीना राई, तोपगाछी ६ झापाकी मनिला राई छनौट भएका छन् । सहभागिहरुलाई फागुन ७ गते प्रजातन्त्र दिवस पारेर ऐतिहासिक भ्रमण लैजान लागिएको आयोजकले जनाएको छ । भ्रमण पछि व्यक्तित्व विकास तथा क्षमता अभिवृद्वि तालिम तथा कोरीयो ग्राफि, ग्रुमिङ गराईने कोरियोग्राफर किरात विन्द्रले जानकारी दिइएका छन् । प्रतियोगिता अन्तिम प्रतिस्पर्धा फागुन २९ गते राष्ट्रिय नाचघर जमल हुने उनले बताएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...