मिस राई-२०१६ मा १४ प्रतिस्पर्धि

काठमाडौं—किरात राई मौलिक कला संस्कृति केन्द्रले वार्षिक रुपमा आयोजना गर्दै आएको सिटिभि मोबाइला मिस राई—२०१६ को चौथो संस्करणमा १४ जना राई समुदायका युवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । किरातीहरुको नयाँ सम्बत यालेदोङ ५०७६ को अवसरमा पारेर आयोजना गर्न लागिएको यो प्रतियोगितामा किराती मौलिक संस्कृति कला, संस्कार, किराती इतिहाासका बारेमा प्रशिक्षण दिइने आयोजक संस्थाले जनाएको छ । प्रतियोगिहरुलाई किरात राईहरुको उदगम थलोको रुपमा रहेको खोटाङ जिल्लाको तुवाचुङ जायजुम तथा धार्मिक पर्यटकिय स्थल हलेसी गुफाको भ्रमण गराउनका साथै आकर्षक फोटोसुटका साथै विभिन्न किसिमका व्यक्तित्व विकास सम्बन्धी तालिमहरु समेत दिइने केन्द्रका अध्यक्ष अपर्ण राईले जानकारी दिएका छन् । प्रतियोगिताकालागि आाखीसल्ला ४ धनकुटाकी सिर्जना राई, बुईपा ७ खोटाङकी सरिता राई,सप्तेश्वर ५ खोटाङकी सन्तोषी राई, बाहुनी डाडा ६ खोटाङकी अम्बिका राई, रानीबास १ भोजपुरकी सन्ध्या राई, धरान १२ सुनसरीकी निशा राई कुरुम्वा ९पाँचथरकी निश्मा राई हलेसी महदेवस्थान ७ खोटाङकी एलिसा राई, बेल्टार १ उदयपुरकी कबिता राई, थाक्ले ९ ओखलढुङ्गाकी सिता राई, छिन्ताङ्ग ९धनकुटाकी निरुता राई रवि–५ पााचथरकी मिरा दुमि राई लखनपुर १ झापाकी रोजीना राई, तोपगाछी ६ झापाकी मनिला राई छनौट भएका छन् । सहभागिहरुलाई फागुन ७ गते प्रजातन्त्र दिवस पारेर ऐतिहासिक भ्रमण लैजान लागिएको आयोजकले जनाएको छ । भ्रमण पछि व्यक्तित्व विकास तथा क्षमता अभिवृद्वि तालिम तथा कोरीयो ग्राफि, ग्रुमिङ गराईने कोरियोग्राफर किरात विन्द्रले जानकारी दिइएका छन् । प्रतियोगिता अन्तिम प्रतिस्पर्धा फागुन २९ गते राष्ट्रिय नाचघर जमल हुने उनले बताएका छन् ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...