वास्तविक जीवनमा पनि कामुक नै छु – पवित्रा आचार्य, नायिका

नृत्यमा अत्यन्त पारंगत नायिका हुन् पवित्रा आचार्य । भारतको इलाहाबादस्थित एक विश्वविद्यालयबाट शास्त्रीय नृत्यमा स्नातक पवित्रा आचार्य मनोरञ्जनका विभिन्न विधामा सक्रिय छिन् । नृत्यांगना तथा कोरियोग्राफरका रूपमा स्थापित पवित्रा नेपाली फिल्ममा नायिकाको रुपमा समेत स्थापित भैसकेकी छिन् । विगतमा झापाबाट काठमाडौं आएलगत्तै मधुरिमा कला केन्द्रमा नृत्य सिक्दै मनोरञ्जनको क्षेत्रमा प्रवेश गरेकी पवित्राले आधुनिक, लोकदोहोरी तथा पप गीतका दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । आनन्द कार्की, सरु पराजुली, भगवान भण्डारी आदि गायक–गायिकाका लोकप्रिय म्युजिक भिडियोमा अभिनय गरिसकेकी पवित्राले गायिका कोमल वलीको तीज गीत ‘हल्ला भो शिवजी तिम्रो मेरो माया पिरिमको..’ बाट कोरियोग्राफीमा समेत डेब्यु गरेकी पवित्राले ’कृपा’, ’कर्मरेखा’ सहित आधा दर्जन टेलिश्रृंखलामा अभिनय गरेकी छिन् । केही विज्ञापनमा मोडलिङ समेत गरेकी पवित्रा फिल्म निर्देशक वसन्त निरौलाकी श्रीमती पनि हुन् । पवित्राले मुख्य अभिनेत्रीको रुपमा अभिनय गरेका तीन नेपाली फिल्म ‘विजयपथ’, ‘राजनीति’ तथा ‘आवेग’ का निर्देशक वसन्त नै हुन् । पवित्राको पछिल्लो फिल्म ‘आवेग’ अहिले प्रदर्शन भैरहेको छ । भर्सटायल कलाकारको रुपमा स्थापित हुने क्रममा रहेकी पवित्रासंग कृष्ण भट्टराईको हट टक :
तपाईं आफूलाई कसरी चिनाउन रुचाउनुहुन्छ ?
म आफूलाई कलाकारका रूपमा चिनाउन चाहन्छु । अभिनय, नृत्य, कोरियोग्राफी, मोडलिङ आदि कलाकारिताकै अंश भएकाले म विशुद्ध कलाकार हुँ ।
टेलिभिजनमा रमाउनुहुन्छ कि फिल्ममा ?
टेलिभिजनका लागि धेरै काम गरेकी छु । टेलिश्रृंखला, म्युजिक भिडियो, रियालिटी शो आदिका कारण टेलिभिजनले मलाई स्थापित गरेको हो । फिल्मको आकर्षण बेग्लै छ । फिल्मको अभिनय उमेरले साथ दिउन्जेल मात्र हो । यस अर्थमा भन्नुपर्दा म सानो पर्दा मै रमाउँछु ।
अरु नायिका भएपछि विवाह गर्छन्, तपाईं त विवाह गरेपछि पो नायिका हुनुभयो त ?
त्यस्तो होइन । म पनि विवाहअघि नै नायिका भैसकेकी थिएँ । पहिलो फिल्म ‘विजयपथ’ मा अभिनय गर्दा हाम्रो विवाह भएको थिएन ।
त्यही फिल्मले विवाहको वातावरण बनाएको हो त ?
त्यस्तै भन्नु पर्यो । त्यो फिल्मका निर्देश्ँक पनि वसन्त निरौला नै हुनुहुन्थ्यो । फिल्ममा अभिनय गर्ने क्रममा हामी नजिकियौं, माया बस्यो ।
‘विजयपथ’मा अभिनय गर्नुअघिकै चिनजान थियो भन्ने चर्चा छ त ?
हो, हामी पहिलेदेखि नै असल मित्र थियौं । फिल्म निर्माण हुने क्रममा विवाह गर्ने निर्णय गरियो । त्यसपछि घर सल्लाह गरेर मागी विवाह गरेका हौं ।
आफ्ना श्रीमानबाहेक अरू निर्देश्ँकका फिल्ममा काम नगर्ने कारण के हो ?
एउटामा काम गरेकी छु । विजयपथ, राजनीति तथा आवेगमा उहाँको निर्देशन थियो भने भरखरै एउटा फिल्म ‘छेस्को’ मा काम गरेकी छु, जसका निर्देशक सुरेश थापा हुन् ।
तीन वटा फिल्मले तपाईंको अभिनय करियरमा कत्तिको फाइदा पुर्यायो ?
दर्शकहरूले मलाई नायिकाको रुपमा चिन्नु भएको छ । पछिल्लो फिल्म ‘आवेग’ को सफलताले मेरो करियरले गति लिएको अनुभव गर्दैछु ।
श्रीमान्को निर्देशनमा अरू पुरुष (अभिनेता) संग रोमान्स गर्दा अप्ठेरो लाग्दैन ?
घरमा पो हामी श्रीमान्—श्रीमती त, सुटिङमा त म उहाँको फिल्मकी नायिका मात्र हुन्छु र उहाँ मेरो निर्देशक । त्यही भएर अभिनेतासंगको अन्तरंग दृष्यमा पनि सहज तरिकाले अभिनय गर्छु ।
रोमान्टिक दृष्यमा त गाह्रो पर्छ होला नि ?
कहिलेकाहिं लाज लाग्छ, त्यस्तो बेलामा उहाँले उत्साह थपेर मुडमा आउ भनिदिनु हुन्छ ।
तपाईंका फिल्मका हिरोहरू तपाईंको श्रीमान्को अघिल्तिर तपाईंसंग रोमान्टिक दृष्यमा अभिनय गर्न चाहिं कत्तिको असहज मान्छन् ?
प्राय: असहज नै मानिरहेका हुन्छन् । निर्देशकले सहज हुन निर्देश्ँन दिएपछि बल्ल सहज तरिकाले अभिनय गर्छन् ।
पर्दामा कामूक देखिनु हुन्छ, वास्तविक जीवनमा कत्तिको कामुक हुनुहुन्छ ?
फिल्ममा चरित्र अनुहार कामुक हुने कि नहुने भन्ने हुन्छ । वास्तविक जीवनमा पनि हल्का कामुक नै छु ।
यौनलाई कसरी परिभाषित गर्नु हुन्छ ?
यो एउटा प्राकृतिक प्रकृया हो । मायाको एउटा चरम रुप पनि यौन नै हो कि जस्तो लाग्छ । नेपाली समाजमा विवाहपछि नै यस्तो सम्बन्ध उपयुक्त हुन्छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



