बिश्व साइकल यात्री पुस्कर शाह संग गाला डिनर हुदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सगरमाथा र लुम्बिनिको देशबाट साइकल लिएर बिश्व यात्रामा निस्केको एक युवा बिश्वको भ्रमण पुरा गरि सगरमाथाको चुचुरोमा पाईला टेकेर आहिले सामान्य जीबन बिताई रहेका छन् । उनै साधारण युवाको यो असाधारण कार्य जुन सुकै युबाको लागि पनि अनुकरणीय र पेरणादायी नहुने कुरै भएन । उनै नेपाली युबाका पेरणाका श्रोत पुष्कर शाहले आफ्नो यो लामो अनुभब र संसार डुल्दै हासिल गरेको ज्ञानलाई “संसारलाई साढे पाँच फन्को नामक” कताबमा समेटेका पनि छन् ।
 तिनै लेखक, बिश्व साइकल यात्री पुष्कर शाहसंग उनले बर्षौ लगाएर गरेको अनुभबलाई हामी सबैले सुन्ने र अन्तरक्रिया गर्न अबसर मिल्दैछ उनि संग आउने डिसेम्बर १३ को साँझ ७ बजे बाट इन्द्रेणी फंक्सन सेन्टर रक्डेलमा हुने गाला डिनरमा ।  एनआरएनए अष्ट्रेलियाले नेपाल फेस्टिभल २०१८ को सदभाब दूतको रुपमा सम्मान गरिएका पुष्कर शाह संग हुने यो गाला डिनरमा सहभागी हुन सबैमा आयोजकले अनुरोध गरेको छ ।