लेख मार्फत प्राप्त ‘प्रोत्साहन रकम’ विद्यालयलाई

सिड्नी– बाल लेखक विपुलमित्र खनालले सिड्नीबाट प्रकाशित हुने दि नेपाली टाइम्स अष्ट्रेलियालाई निरन्तर लेख/रचना उपलब्ध गराए बापत प्राप्त ‘प्रोत्साहन रकम’ विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका छन् । सिड्नीस्थित रक्डेल पब्लिक स्कुलमा अध्ययनरत ९ बर्षीय खनालले अँग्रेजी माध्यमबाट बाल मनोविज्ञानमा आधारित लेख/रचनाहरु लेख्दै आएका छन् । निरन्तर लेख÷रचना उपलब्ध गराउने खनाललाई थप प्रोत्साहन गर्न नेपाली टाइम्स व्यवस्थापनले उनलाई २ सय डलर (नेपाली करिब १७ हजार रुपैयाँ) उपलब्ध गराएको थियो । सोही रकम आफुले मातृभुमी नुवाकोटस्थित विदुरका एक सरकारी विद्यालयका विद्यार्थीहरुलाई स्टेशनगरी सामाग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

‘यो मेरो पहिलो कमाई हो, जुन मैले लेख लेखेर पाएँ, त्यो रकम मैले मेरो गाउँको गरिब तथा जेहेन्दार विद्यार्थी साथीहरुलाई सहयोग गर्न चाहान्छु’, उनले भने । अर्को बर्ष नेपाल जाने तयारीमा रहेका उनले उक्त रकमबाट स्टेशनरी खरिद गरेर विद्यार्थीहरुलाई दिने बताएका छन् । मासिक रुपमा प्रकाशित हुदै आएको नेपाली टाइम्सले लेखकहरुलाई प्रोत्साहन रकम उपलब्ध गराउने नीति अनुसार बाल लेखकलाई रकम उपलब्ध गराईएको प्रकाशक महेन्द्र लम्सालले जानकारी दिए । ‘अष्टे«लियामा हामीले नेपाली टाइम्सलाई सबैको साझा पत्रिका बनाउन सफल भएका छौँ, लेखकहरुलाई मनग्ये रकम दिन नसकेपनि हामीले सकेको व्यवस्थापन गर्दै आएका छौँ’, उनले भने ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...