विजयी भएपछि देउवा भन्छन्

-- ?>

Deuba

काठमाडौं— संसदीय दलको नेतामा निर्वाचित भएपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफू मधेसी दलहरुले राखेको असन्तुष्टि बुझ्न गम्भीरता पूर्वक लाग्ने बताएका छन् । निर्वाचित भए लगत्तै सञ्चारकर्मीसंग आफ्नो भनाइ राख्दे देउवाले मधेसी दलहरुको असन्तुष्टि बुझ्ने तथा सम्बोधन गर्ने कार्यमा आफूलाई केन्द्रित बनाउने प्रतिक्रिया दिएक ा हुुन् । देउवाले कांग्रेसले प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्ने स्पष्ट पारे । सरकारको नेतृत्व गर्ने विषयमा सोधिएको प्रश्नमा देउवाले प्रभावकारी प्रतिपक्षको भूमिका निभाउने कुरामा जोड दिए ।
‘अहिले नै कहाँ सरकार जान्छ, देउवाले अझै केही समय प्रतिपक्षमै बस्ने स्पष्ट पारे । देउवाले सकेसम्म संविधान कार्यान्वयनमा लाग्ने पनि बताए । ‘मेरो बुद्धि विवेकले भ्याएसम्म संविधान कार्यान्वयनमा लाग्छु’ देउवाका अनुसार मधेसी दलको असन्तुष्टि कुन कुरामा हो, उनी त्यो बुझ्न गम्भीरतापूर्वक लाग्नेछन् । देउवाले न्यायालयलाई पार्टीको हस्तक्षेपबाट मुक्त गर्न समेत आफू लागिपर्ने बताए ।
संसदीय दलको नेतामा आफ्नो विजय प्रजातान्त्रिक अभ्यास भएकाले यो कसैको हारजीत नभएको देउवाको भनाई थियो । ‘यो प्रजातान्त्रिक अभ्यास हो, यहाँ कसैको हारजीत हुँदैन’ देउवाले भनेका छन् —‘रामचन्द्र पौडेलजी मैले संगै पढेको, संगै कुटाइ पनि खाएको मान्छे हो, उहाँको पनि सहयोग हुनेछ ।’ संसदीय दलको निर्वाचनमा देउवाले पौडेललाई दोब्बर मतान्तरले पराजीत गरेका हुन् ।