नेप्लिज–अस्ट्रेलियन एसोसियसनमा डा. पुडासैनी

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

सिड्नी–अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए ) को अध्यक्षमा डा. मधु पुडासैनी निर्वाचित भएका छन् । डिसेम्बर ८ मा सम्पन्न एनएएको ४२ औ बार्षिक साधारणसभाले पुडासैनीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । सँस्थाको संसोधित विधानले गरेको नयाँ ब्यवस्था अनुसार चारजना उपाध्यक्षहरु क्रमश निशा रानी, सुर्य भट्टराई, डा घनश्याम चापागाई र डा बसुन्धरा भट्टराई रहेका छन् । महासचिव ऋषि आचार्य, सचिवमा निलम ऐरी र कोषाध्यक्ष नारायण खनाल रहेका छन् ।सदस्यहरु तपाश्या श्रेष्ठ, डा कमल खरेल, दिक्षित घिमिरे, आनन्द पारजुली र डा सन्तोष खनाल रहेका छन् । नेपाली समुदायका अग्रजहरु ईन्द्रा वन, डा नारायण प्रधान, पदम शाक्य र देव गुरुङ रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेका थियो ।

न्यू साउथ वेल्सका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्का प्रमुख अतिथी रहेको कार्यक्रममा सहभागिहरुले नबनिर्वाचित पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै महाबाणिज्यदुत खड्काले बिगत ४३ बर्ष देखि एन ए ए ले अस्ट्रेलियामा नेपालीको पहिचान कायम राख्न खेलेको भुमिकाको प्रशंसा गरेका थिए । संस्थाकी पुर्व अध्यक्ष ईन्द्र वनले नव निर्वा्चित पदाधिकारीलाई बधाइ दिदै सक्रिय कार्यकालको कामना गरेकी थिइन । यस्तै अर्का पूर्व अध्यक्ष डा नारायण प्रधानले एन ए एले अस्ट्रलियामा नेपाली समुदायको पहुच यहाँको मुलप्रवाहमा पुर्याउन संयोजनको भुमिका खेल्नुपर्ने सुझाव दिएका थिए । यस्तै पुर्व अध्यक्ष उमेश पन्तले एन ए एले नेपालको लायन्स क्लवसँगको सहकार्यमा नुवाकोटमा भुकम्पले क्षति भएको विद्यालयको भवन निमार्ण गर्न २५ लाख नेपाली रुपैया सहयोग गर्न लागेको जानकारी दिएका थिए ।

पन्तका अनुसार एन ए एले चार बर्षअघि गएको भुकम्पले पुर्याएको क्षतिको पुननिमार्णका लागि भनेर संकलन गरेको सहयोग रकम विद्यालय भवन बनाउन खर्च हुनलागेको हो । नव निर्वाचित अध्यक्ष डा. पुडासैनीले आफ्नो दुइवर्षे कार्यकालको खाका प्रस्तुत गरेका थिए । अध्यक्ष डा पुडाशैनीले अस्ट्रेलियाको मुल प्रवाहमा नेपाली समुदायको पहुच, अस्ट्रेलियाभरी रहेका नेपाली समुदायिक संस्थाहरुबीच सञ्जाल तथा सहकार्य र यहाँको नेपाली समुदायमा देखिएका समश्याहरुलाई समाधान गर्ने गरी तिन महिना भित्र कार्ययोजना सार्वजनिक गर्ने प्रतिद्धता जनाएका थिए । कार्यक्रममा संस्थाकी संरक्षाक पुर्व अध्यक्षहरु इन्द्रा वन र डा नारायण प्रधान र सल्लाहकार पदम शाक्यलाई आजिवन सदस्यबाट सम्मान गरिएको थियो । नेप्लिज अस्ट्रेलियन एसोसिएसन (एनएए) ४३ वर्ष अघि १९७६ मा स्थापना भएको हो ।