शुक्रवारदेखि कांग्रेसको महासमिति बैठक

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक आज शुक्रवारदेखि प्रारम्भ हुने भएको छ । महासमितिको तालिकाअनुसार आज २८ मंसीरमा कांग्रेस केन्द्रीय कार्यालयमा महासमिति सदस्यको दर्ता तथा स्वागत हुनेछ । भोलि २९ मंसीर बिहान ११ बजे सिंहदरबार अगाडिको यलम्बर पार्टी प्यालेसमा बैठकको उद्घाटन हुनेछ ।
उद्घाटनलगत्तै सोही स्थानमा बन्दसत्र प्रारम्भ हुने र त्यसपछि १–३ पुसमा बन्दसत्र सञ्चालन हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न आज शुक्रवारदेखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो ।
बैठकको तयारीका लागि सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति र महामन्त्री डा। शशांक कोइरालाको संयोजकत्वमा सांगठनिक प्रस्ताव समिति गठन गरिएको थियो ।
यस्तै, अर्का महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा, सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा समग्र आर्थिक नीति प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन र काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ ९सबुज० को संयोजकत्वमा उपत्यकाका तीनै जिल्ला कार्यसमिति रहने गरी स्थानीय व्यवस्थापन समिति गठन गरिएको थियो ।
विधान मस्यौदाका सम्बन्धमा १३ मंसीरदेखि केन्द्रीय समिति बैठकमा निरन्तर छलफल भइरहे पनि प्रतिवेदन पारित हुन सकेको छैन ।
खासगरी, पदाधिकारी संख्या बढाउने(नबढाउने, पदाधिकारी निर्वाचित हुनुपर्ने वा मनोनयन हुनेलगायत विषयमा बहस जारी छ। आर्थिक नीति केन्द्रीय समितिबाट पारित भइसकेको छ भने राजनीतिक प्रस्तावमाथिको छलफल जारी छ।
केन्द्रीय समितिबाट पारित सबै प्रतिवेदन महासमिति बैठकमा पेश हुने र छलफल गरी पारित हुनेछन् ।
महासमिति बैठकमा महासमिति सदस्य तथा केन्द्रीय समिति गरी करीब एक हजार ४०० जना सहभागी हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। बैठकको प्रचारप्रसार, स्वागतद्वार निर्माण, प्रकाशनलगायत अन्य सामग्रीको तयारी र सहभागीको खाना, चिया, खाजाको व्यस्थापनको तयारी भइसकेको काठमाडौं कांग्रेसका सभापति बानियाँले जानकारी दिए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...