सेवा र समर्पणको अर्को नाम दिपक खड्का वर्ष व्यक्तित्व २०१८

-- महेन्द्र कुमार लम्साल, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, पुस १, २०७५

सिड्नी नेपाली समुदायमा दिपक खड्का नौलो नाम होइन । अष्ट्रेलियाको न्यु साउथ वेल्स र एसीटि राज्यमा नेपाल सरकारको प्रतिनिधि उनी यहााको नेपाली समुदाय मात्र होइन बहुसांस्कृतिक समुदाय तथा मूलधार अष्ट्रेलियनहरूले पनि संधै सम्झिने र प्रसंशा गरिरहेने व्यक्ति हुन् महाबाणिज्यदूत दिपक खड्का ।

महाबाणिज्यदूतको रुपमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्ने र दु:ख पर्दा नेपालीहरूलाई सहयोग गर्ने काममा उनी जहाा पनि भेटिने गर्दछन् । २०१५ को महाभूकम्पका पिडितहरूलाई राहत तथा उद्धारका लागि अष्ट्रेलियामा आयोजना गरिएका अर्थ संकलन कार्यक्रमका सिलसिलामा अष्ट्रेलियन लेबर पार्टीले एउटा कार्यक्रम आयोजना गरेको थियो, सिड्नी स्थित ग्रान्भिलमा । उक्त कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गरेका दिपक खड्का नेपालीलाई परेको पीडा खप्न नसकेर मञ्चबाट बोल्दाबोल्दै भाबुक बनेर रोएका थिए । खडकालाई मूलधार अष्ट्रेलियन नेता, सर्वसाधारण जनता तथा बहुसांस्कृतिक संघ संस्था तथा समुदायले एउटा छुट्टै पहिचान रहेका व्यक्तित्वको रुपमा सम्झिन्छन् । अष्ट्रेलियन सांसद मिशेल रोल्याण्ड कै शब्दमा “कन्सुलेट दिपक खड्का मानिसहरू लाई दु:ख परेको बेलामा खोजि गर्नु पर्ने मानिस होइनन्, उनी त दु:ख परेका मानिसहरूलाई खोज्दै आाफै उनीहरू भएको ठाउामा पुग्ने एउटा मिहेनेती समाजसेवी व्यक्तित्व हुन् ।” समयान्तरमा पंक्तिकार थुप्रै व्यवसायिक, आर्थिक र प्राज्ञिक रुपमा सफल र सम्पन्न व्यक्तित्वहरूसंग उठबस गर्ने मौका नमिलेको होइन तर दिपक खड्का जस्तो एउटा बिनम्र, आतिथ्य, सहयोगी र सहृदयी व्यक्तित्व बिरलै भेटियो जीन्दगीमा । हेर्दा साधारण तर अति मिलनसार, आर्थिक सामाजिक प्राज्ञिक तथा व्यवसायिक रुपमा सफल व्यक्तित्व खड्का बिगत आठ बर्षदेखि अष्ट्रेलियाको न्यु साउथ वेल्स र एसीटिकालागि नेपाली महाबाणिज्यदूतको रुपमा नेपाल र नेपालीको सेवामा छन् ।

बुवा शंकर बहादुर र नरेन्द्र कुमारी खड्काका ६ भाइ मध्ये कान्छा छोरा दिपक नेपालको दोलखा जिल्ला खोपा चागुमा वि.स. २०१२ मा जन्मेका हुन् । कक्षा ३ सम्मको प्रारम्भिक अध्ययन आफ्नै गाउाको गौरी शंकर प्राइमरी स्कूलमा सकी काठमाडौाको पद्मोदय हाइ स्कूलमा ६ कक्षासम्म पढ्न भ्याएका खड्कालाई आफ्ना हजुरबुबा चक्रबहादुर खड्काले कान्छो प्यारो नाति दुब्लाउादै गएकोले बाख्राको दूध खुवाउन फेरी एक बर्षको लागि गाउामै फिर्ता बोलाएको अनुभव उनी सुनाउछन् ।

दोलखा फर्किसके पछि स्वीस सरकारको सहयोगमा निर्मित जिरी बहुउद्देश्यीय माध्यमिक बिद्यालयबाट बााकि चार वर्षको माध्यमिक शिक्षा सम्पन्न गरे जुन विद्यालय तत्कालिन समयमा नेपालको एउटा अब्बल स्तरको बिद्यालय थियो ।

जिरी बहुउद्देश्यीय माध्यमिक बिद्यालयबाट १० क्लाससम्मको अध्ययनमा प्राप्त दखलताका आधारमा उनी कोलोम्बो प्लान अन्तर्गत बिएस्सी एजीका लागि छनौटमा परेका खड्का कन्फर्मेशन कुर्दा कुर्दै पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसबाट ओभरसियर सम्मको अध्ययन सम्पन्न गरि नेपालस्थित स्विस परियोजनामा काम गर्न पुगे र उनले आफ्नै जिल्लाको स्वीस परियोजना अन्तर्गतको जिरी टेक्निकल स्कुल बनाउने जिम्मेवारी पाए । उनको मिहिनेत र दखलताबाट प्रभावित स्वीस टिमले उनलाई करिब ३ बर्ष पछि नेपाल स्थित स्वीस दूताबासले प्रदान गर्ने छात्रवृति स्वरुप फिलिपिन्सको आडम्सन युनिभर्सिटीमा इन्जीनियरिङ्ग अध्ययन गर्न पठायो । उनी स्विस दूताबासबाट छात्रवृति प्राप्त गर्ने पहिलो नेपाली विद्यार्थी थिए । त्यहाा आफ्नो ४ बर्षे अध्ययनमा युनिभर्सिटी कै यौटा उत्तम विद्यार्थीको रुपमा उपलब्धि हाासिल गरे । आडम्सन युनिभर्सिटीमा पनि आफ्नो दखलता प्रदर्शन गर्न छाडेनन् र तत्कालिन फिलिपिनी राष्ट्रपति कोराजन अक्वीनोबाट :यकत इगतकतबलमष्लन क्ष्लतभचलबतष्यलब िक्तगमभलत ब्धबचम प्राप्त गर्न सफल भए ।

‘लिसा यू’ कसरी बनिन ‘लिसा खड्का ’?

महाबाणिज्यदूत दिपक खड्काका साथ प्राय: संधै देखिने एक साधारण, अति मिलनसार र ममतामयी महिला हङ्गकङ्ग नागरिक लिसा यू थिइन् । बिबाह पश्चात उनी लिसा खड्का भइन् । खड्काको चार बर्षे फिलिपिन्स बसाइको क्रममा उनी एकपटक “वे अफ मनिला” को मनोरम दृश्यमा रम्दै थिए । राम्रो समुन्द्रितट र साथीहरूका साथ सुन्दर दृश्यलाई क्यामरामा कैद गर्न मन कसलाई हुादैन र ? त्यहि क्रममा उनीहरू एउटा व्यक्तिको पर्खाइमा थिए जसले आफ्नो ग्रुप फोटो क्यामरामा कैद गरिदियोस् । यत्तिकैमा बिपरित दिशातिरबाट आउादै गरेकी एकजना अपरिचित युवतीलाई आफ्नो ग्रुप फोटो खिचिदिन प्रस्ताब गरे र उनीले खिचिदिइन् । त्यसै क्रममा ती युवतीलाई पनि आफ्नै ग्रुपमा राखी एक दुई थान तस्विर कैद गर्ने क्रम चल्यो । समयको चक्र संगै तिनै केहि तस्विरहरू क्यामरामा मात्र होइन लिसा र दिपकको मनमा एक अर्काले डिलिट गर्न नसक्ने गरि बस्न थाले अन्तत: हङ्गकङ्ग कि चेली लिसा यू सदाको लागि नेपाल कि बुहारी लिसा खड्का बन्न पुगिन् ।

एउटा सम्पन्न परिवारमा जन्मेका र परिवारका प्रिय कान्छा सुपुत्र दिपक का परिवारलाई बिदेशी बुहारी सहज स्वीकार्य थिएन । तर “जोइ पोइ राजी त क्या करेगा काजि” भनेजस्तै दिपकले आफ्नो उद्देश्य पूरा गर्न घुमाउरो बाटो अपनाए । सन् १९८९ मा लिसालाई नेपाल घुम्न बोलाई आाफुले काम गर्दै गरेको पूर्वी नेपालको पााचथर जिल्लाको सदरमुकाम फिदिम स्थित जिल्ला प्रशासन कार्यालयमा आफ्नो बिबाह दर्ता गरि लिसा संगको आफ्नो बैबाहिक सम्बन्धलाई औपचारिकता दिए र करिब एक दर्जन साथीहरू लाई जन्ती बनाएर एक थान लोकल कुखुरा, स्थानीय तुम्बा र चिउराका साथ बिबाह भोज पनि सम्पन्न गरे । त्यसको करिब तीन महिना पश्चात अन्तत: परिवारले नेपाली परम्परा अनुसार नै बिबाह गरिदिए ।

लिसासंग नाता जोडिएपछि अब दिपकको मन र समय नेपाल र हङ्गकङ्ग संग बाडिए जस्तो भयो र करिब ६ महिना मै उनी लिसाका साथ बस्ने उद्देश्यले हङ्गकङ्ग तिर लागे । छोटो समय मै दिपकले एशिया कै सबै भन्दा ठूलो शपिङ्ग टर्मिनल सम्बन्धि कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियरिङ्ग काम पाए । उनको महत्वाकांक्षा रोकिएन, करिब १५ महिना पश्चात उनी आफ्नै व्यबसाय (पशुपति ट्रेडिङ्ग) स्थापना गरि काम सुरु गरे तर त्यो लामो समयसम्म चल्न सकेन र फेरी मित्सुई कस्तेइन कम्पनीले बनाउदै गरेको “चीनमा” ब्रिज निर्माण गर्ने जिम्मेवारी लिंदै इन्जिनियरिङ्ग पेशा मै फर्के ।

इन्जिनियर पेशामा दक्खल राख्ने खड्काले हङ्गकङ्गमा आाफुले आर्जन गरेक ज्ञान र सीपलाई अरु बिस्तार गर्ने उद्देश्यले १९९४ मा प्यासिफिक क्राउन इन्जिनियरिङ्ग लिमिटेड स्थापना गरि जम्मा ३ जना स्टाफबाट सुरु गरेको उक्त कम्पनी छोटो समय मै बिस्तार भै करिब १५०० जनाले रोजगारी पाउने एउटा ठूलो कम्पनी बन्न पुग्यो ।

हङ्गकङ्गको करिब एक दशकको बसाइ, काम र व्यवसायको अनुभव, छोरी समीक्षा र सम्राटको जन्म आदि कारणले गर्दा व्यवसाय परिवार र बालबच्चाको भबिष्यको लागि यो जोडी कुनै पश्चिमी मुलुकतिर बस्ने कि भन्ने सोचका साथ यूरोप अमेरिका तथा अष्ट्रेलिया तिर घुम्न निस्के । भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण अष्ट्रेलिया नै उनीहरूको पहिलो रोजाईमा पर्यो र १९९९ मा अष्ट्रेलियाका लागि व्यवसायिक भिसा प्राप्त गरेका खड्का परिवार सन् २००३ देखि स्थाई रुपमै अष्ट्रेलिया बस्दै आएका छन् ।

सुरुदेखि नै व्यवसायिक सोच राख्ने खड्कालाई अष्ट्रेलिया बस्दै गर्दा यो एउटा अन्तराष्ट्रिय विद्यार्थीको लागि आकर्षक गन्तब्य हो भन्ने बुझ्न धेरै समय लागेन । अवसरलाई सहि समयमा सदुपयोग गर्ने उद्देश्यले एउटा शिक्षण संस्था स्थापना गर्ने सोच बनाए र २००६ मा क्राउन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (सीआइबिटि) कलेज स्थापना गरे, २००८ देखि कलेजले अन्तराष्ट्रिय विद्यार्थीहरूपनि भर्ना लिन थाल्यो । सो कलेजले २०१८ मा सीआइबिटि अष्ट्रेलिया सरकारबाट उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको रुपमा मान्यता पाउादा उनी आफ्नो उद्देश्य र उपलब्धिका लागि गरेको अथक संघर्षले सफलता पाएकोमा गौरवान्वित छन् र सहयोग गर्ने सबै प्रति उत्तिकै आभारी पनि छन् ।

 

महाबाणिज्यदूतको रुपमा दिपक खड्का

सन् २००९ तिरको कुरा हो गणतन्त्र नेपाल पछिका माओबादी कोटामा परेका अष्ट्रेलियाका लागि पहिलो नेपाली राजदूत महामहिम योगेन्द्र ढकालले दिपक खड्कालाई न्यु साउथवेल्स र एसीटिको लागि बाणिज्यदूतको प्रस्ताब राखे । अष्ट्रेलियाको नेपाली समाजमा त्यति धेरै हेलमेल नभैसकेका खड्का अलमलमा परे । तर नेपाल सरकार, नेपाली राजदूत तथा यहााको नेपाली समुदायको सहयोग र बिश्वास जितेका बिनम्र र सहयोगी मनका खड्का एनएसडब्लु तथा एसीटिका लागि पहिलो नेपाली बाणिज्यदूत बन्न पुगे । आज दु:ख परेका मान्छे उनीलाई खोज्न जाने व्यक्ति भन्दा आफ्नो समुदायमा दु:ख परेका मानिसहरूलाई आाफै खोज्दै पुग्ने र सक्दो सहयोग गर्ने व्यक्तिका रुपमा चिनिन्छन् दिपक खड्का । त्यति मात्रै होइन बढ्दो नेपाली समुदायले आयोजना गर्ने थुप्रै सामुदायिक गतिबिधिहरूमा सकेसम्म उपस्थित हुने खड्का विविध बहुसांस्कृतिक समुदायले आयोजना गर्ने कार्यक्रमहरूमा पनि उपस्थित भै नेपाली समुदायको प्रतिनिधित्व गर्दछन् । अष्ट्रेलियामा नेपाल पर्यटन प्रबर्धनका लागि पनि महाबाणिज्यदूत दिपक खड्काले दर्जनौ कार्यक्रमहरू होस्ट गरि मातृभूमिको पर्यटन प्रबर्धन र विकास‘‘‘को एउटा अभिन्न अंग बनेका छन् ।