एनआरएनए अष्ट्रेलिया नेतृत्व चयनको संघारमा

त्रिकोणात्मक प्रतिष्पर्धा हुदै 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, साउन ९, २०८०
आगामी जुलाई २९ शनिबारका दिन अष्ट्रेलियामा हुने एनआरएनए अष्ट्रेलियाको २०२३ – २०२५  को मिति नजिकिदै गर्दा यहाँको चुनावी सरगर्मी एकदमै बढेको छ । निर्बाचन कमिटिले एनआरएनए अष्ट्रेलियाको नियम बिपरित एकै क्रेडिट या डेबिड कार्ड बाट ४ जना भन्दा बढी सदस्यता बनेकाहरु को सदस्यता रद्द गर्दै १४४५६ जनाको सदस्यता सदर गरेको छ। यी सदस्यहरु लाई मतदाताको रुपमा मतदाता नामावली पनि प्रकाशित गरि सकेको छ। यसै गरि दाबीबिरोध पछिको अन्तिम उम्मेद्वारको नामावली पनि प्रकाशित भइ सकेको छ ।  एक एक गरि प्रत्यके सदस्यहरुलाई यी जानकारी इमेल मार्फत पठाइएको र एनअरएनए अष्ट्रेलियाको वेब साईटमा पनि प्रकाशित गरेको निर्बाचन कमिटिले जनाएको छ।
अस्त व्यस्त देखिने एनआरएनए अष्ट्रेलियाको निर्बाचन पद्दतिमा अध्यक्ष देखि राज्य समिति सदस्य सम्मका दर्जनौ पदहरु मा सयौ आकांक्षीहरु ले उम्मेद्वारी दिएका छन्। तै पनि मुख्य चासो भने अध्यक्ष लगाएत केहि राष्ट्रिय पदहरु र अष्ट्रेलियाबाट प्रतिनिधत्व गर्ने आइसिसि सदस्यका लागि देखिन्छ।
अध्यक्षका लागि त्रिकोणात्मक प्रतिष्पर्धा 
बिगतका निर्बाचनहरु भन्दा केहि फरक यो पटक एनआरएनए अष्ट्रेलियाको अध्यक्षका लागि त्रिकोणात्मक प्रतिष्पर्धा देखिन्छ । संस्थामा लामो समय आबद्द रहेर महत्वपूर्ण जिम्मेवारी निर्बाह गरिसकेका यी तिनै अनुहार हरु बाट एक जना छान्नु यो पटक यहाँका मतदाताको लागि चुनौती जस्तै बनेको छ। बिधार्थी काल देखि नै एन आर एन ए मा सक्रिय बिगत मा एनआरएनए अष्ट्रेलियाको कोषाध्यक्ष, प्रबक्ता र बिभिन्न टास्क फोर्समा सक्रिय भूमिका निर्बाह गरिसकेका डिला राम खरेल, २/२ पटक सम्म एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष एबम एनएसडब्लु राज्य समिति को संयोजक रही ति जिम्मेवारी सफलता पुर्बक निर्बाह गरि सकेका देब बाहादुर गुरुङ्ग एबं २/२ पटक एनआरएनए अष्ट्रेलियाको कोषाध्यक्षको  जिम्मेवारी पुरा गरि सकेका अनिल पोख्रेल यस पटक अध्यक्षका प्रतिष्पर्धामा छन्। यी तिनै उम्मेदवारका राष्ट्रिय समिति देखि राज्य समिति सम्म आफ्नै आफ्नै टिम छन् । प्यानल बर्जित गरिए पनि एकै सोच र एजेन्डा सहित उभिएका आफुहरु प्यानल नभई एउटा उदेश्य प्राप्तिको लागि बनेको टिम हो भन्ने लगभग सबैको एकै भनाइ छ ।  महासचिबमा रोशन घले, सन्तोष कुँवर र उषा किरण बारिया (पोख्रेल) तिन समुहका आकांक्षीहरु हुन् भने  कोषाध्यक्षमा २ जना मात्र इर्शाद अहमद र अर्जुन गौतम उम्मेद्वार रहेका छन् । यसै गरिब सचिब पनि २ जना थिर बहादुर गुरुङ र बाबुराम पोख्रेल, सह-कोषाध्यक्षमा रोजी पन्त र अर्जुन केसी २ जनाको मात्र र राष्ट्रिय युवा संयोजकमा भने तिनै जनाको सुमन बोहोरा, रञ्‍जित राज वन्ता र अरुण गौतमको उम्मेद्वारी देखिन्छ।
अनलाईन निर्बाचन मार्फत हुने 
यस पटकको निर्बाचन सम्पूर्ण रुपमा अनलाईन मार्फत हुनेछ।  मतदाताको इमेल र फोनमा निर्बाचनको दिन बिहान एउटा युनिक लिंक आउनेछ त्यहि लिंकलाई फलो गर्दै फेस भेरिफिकेसन प्रकृयाबाट यो पटकको निर्बाचन हुने पनि निर्बाचन कमिटिले जनाएको छ । यसको मतलब सदस्य बन्द गरिएको सेल्फी फेस भेरिफिकेसन फेरि पनि गरे पछि मात्र भोट हाल्न पाईनेछ । यसको लागि निर्बाचन समितिले निर्बाचन प्रकृयालाई समेटेर बनाएको भिडियो सार्बजनिक गरिसकेको छ।