नेपाल भ्रमण वर्ष कार्यान्वयन उपसमितिले पायो पूर्णता

काठमाडौँ, २ पुस- सरकारले ‘नेपाल भ्रमण वर्ष(२०२०’ को कार्यक्रम कार्यान्वयन उपसमितिलाई पूर्णता दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गत कात्तिक १६ गते मन्त्रिस्तरीय निर्णयबाट अभियानको कार्यक्रम कार्यान्वयनको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा उद्योगपति सुरज वैद्यलाई नियुक्त गरेको थियो ।
पर्यटनमन्त्री अध्यक्ष रहने समितिका उपाध्यक्ष राष्ट्रिय कार्यक्रम संयोजकका रुपमा रहने व्यवस्था गरिएको छ । जम्मा १९ सदस्यीय समितिको सदस्यमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, मन्त्रालयको पर्यटन महाशखाका सहसचिव, अर्थमन्त्रालयका सहसचिव, लुम्बिनी विकास कोषका उपाध्यक्ष र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य रहेका छन् ।
यस्तै अन्य सदस्यमा अनिल चित्रकार, सिर्जना राणा, अवधेश त्रिपाठी, विप्लव पौडेल, रञ्जीत आचार्य, नवराज दाहाल, चारु चङ्गा, डा वासुदेव कोइराला, दाबा स्टेफेन शेर्पा, प्रसान्त सिंह, विजयबहादुर श्रेष्ठ, कृष्णहरि खत्री र सदस्यसचिवमा पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा रहनुभएको छ ।
उपसमितिले पूर्णता पाएसँगै भ्रमण वर्षका काम अघि बढाइने अभियानका राष्ट्रिय संयोजक वैद्यले बताउनुभयो । सरकारले २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...