दाङ बस दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

दाङ- दाङको राम्रीमा भएको बस दुर्घटनामा परि मृत्यु भएका २३ जनाकै सनाखत भएको छ । ईलाका प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १-१ जना छन् ।

दुर्घटनामा परि जीवन गुमाउनेहरुमा दाङका बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २६ बर्षिय मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षिय प्रदिप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ का २२ बर्षीय गणेश बिक, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ बर्षिय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षिय कबिता खत्री,दंगीशरण गाउँपालिका १ घर भएका २० बर्षिय सञ्जीत रत्गैयाँ छन् ।

त्यस्तै, जुम्ला चन्दननाथ नगरपालिका ६ घर भएका १६ बर्षिया कुशुम रावल, जुम्ला चन्दननाथ नगरपालिका ३ घरभएका १७ बर्षिय हिम्मत बोहरा, जुम्ला कन्का सुन्दरी गाउँपालिका ५ घर भएका २० बर्षिय विरेन्द्र कडारा , जुम्ला हिमा गाउँपालिका ५ घर भएका १७ बर्षिया शैलजा शाही, जुम्ला चन्दनथान १० का १८ बर्षीय रुपेश शाही, जुम्ला चन्दननाथ १४ का १७ बर्षीय रितेन्द्र शाही, जुम्ला चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय,जुम्ला तिला गाउँपालिका १ का जंगबहादुर बिक, जुम्ला चन्दननाथ ३ का १८ बर्षका अर्जुन शाही, जुम्ला चन्दननाथ १० का बिपना खत्री , जुम्ला तिला गाउँपालिका ३ का रमेश उपाध्याय छन् ।

त्यस्तै रुकुम भुमे गाउँपालिका ६ का २८ बर्षिय शिक्षक नरेश वली , डोल्पा जग्दुला ७ निवासी १६ बर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ घर भएका १७ बर्षिय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ बर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ बर्षीय महेश जोशी, बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावलको दुर्घटनामा परि मृत्युभएको हो ।

दुर्घटनाका परि १९ पुरुष र ४ महिलाको मृत्यु भएको हो । जुम्लालगायत टाढाका जिल्लाको शव लिन हेलिकप्टर तुलसीपुर आएको थियो ।

उक्त दुर्घटनामा घाइते भएका १४ जनाको नेपालगंज मेडिकल कलेज र नर्सिङ होममा उपचार भईरहेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको हो । २२ जना घटना स्थलमै र एकजना नेपालगंज उपचारको क्रममा निधन भएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन बातबरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको बनस्पती उद्यानको अध्ययन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बा ४ ख ९७६६ नम्बरको नमस्ते राप्ती यातायात प्रालिको बस रिर्जभ गरेर बिद्यार्थी तथा शिक्षकहरु भ्रमणमा गएका थिए । दुर्घटना शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा दुर्घटनामा परेको हो ।