चौथो म्याग्दी जलजला कपको उपाधी सिपिएलाई

सिड्नी–चौथो म्याग्दी जलजला भलिबल कपको उपाधी छन्त्याल परिवार अष्टे«लिया (सीपिए)ले जितेको छ । जलजला परिवार अष्टे«लियाको आयोजनामा आइतबार अष्टे«लियाको सिड्नीस्थित लिड्कममा सम्पन्न प्रतियोगिताको रोमाञ्चक फाइलन भिडन्तमा आयोजक म्याग्दी जलजलालाई ३–१ सेटले पराजित गर्दै सिपिएलले उपाधी माथि कब्जा जमाएको हो । सिपिएले थकाली समाज र आयोजकले ढोरपाटन क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । फाइनलको पहिलो सेट सिपिएले सहज रुपमा आफ्नो पक्षमा पार्न सफल भयो ।
दोश्रो सेट भने म्याग्दी जलजलाले उत्कृष्ट पुनरागमन गर्दै आफ्नो पक्षमा पारेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । तर, तेस्रो र चौथो दुबै सेट सिपिएले जितेपछि जलजला दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । उपाधी विजेता सिपिएले नगद १६ सय ५ अष्टे«लिय डलर, खसी, ट्रफी र प्रमाणपत्र हात प्राप्त गर्दा उपविजेता आयोजकले ९ सय डलर, ४ वटा लोकल कुखुरा, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी सिपिएका विनोद काउचा चुनिए । उत्कृष्ट स्टाइकरमा जलजलाका होम भण्डारी, उत्कृष्ट सेटरमा जलजलाकै विकास केसी चयन हुँदा उत्कृष्ट बलकरको उपाधी भने सिपिएका देवेन्द्र छन्त्यालले जिते ।
प्रवासमा खेल प्रतिभाको प्रस्फुटन र एक अर्का प्रति आत्मियता साट्नका लागि चार बर्षदेखि निरन्तर एक दिवसीय प्रतियोगिताको आयोजना गर्दै आएको जलजला परिवार अष्टे«लियाका अध्यक्ष दिपक भण्डारीले जानकारी दिए । रेस्ट ग्रुपको टाइटल प्रायोजन गरेको प्रतियोगितामा विभिन्न ८ टिमले सहभागिता जनाएको थियो । ‘सबैको सहयोग र सहभागिताले हामीले प्रतियोगिता सफल पार्न सकेका छौँ, आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरु गर्दै जानेछौँ’, अध्यक्ष भण्डारीले भने । सिड्नीमा म्याग्देली समुदाय माझ निकै लोकप्रिय प्रतियोगिताको उपाधी जितेसँगै सिपिएले खेलाडी सम्मान लगायत विजयोत्सब मनाउने तयारी गरेको जनाएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...