समुन्द्री सुरक्षाबारे कार्यशाला जनवरीमा

गर्मी सिजन सुरु भएसँगै समुन्द्री तटमा डुबुल्की मार्न जानेको सँख्या बढ्दो छ । नेपाली समुदाय पनि यसप्रति आकर्षित नहुने कुरै भएन । तर, आवश्यक ज्ञान र सीपको अभावमा ज्यानै जाने खतरा पनि त्यतिकै छ । समुन्द्री स्नानबारे आधारभुत जानकारी दिने उद्देश्यले भिजन फर मोटिभेसन (भिएफएम)को आयोजनामा समुन्द्री सुरक्षाबारे आगामी जनवरीमा कार्यशाला हुने भएको छ । न्यूनतम् प्रवेश शुल्क राखेर तामारामा सर्फ क्लबसँगका सहकार्य गरेर भिएफएमले जनवरी १३ मा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
भिएफएमले स्थापनाकाल देखि सिड्नी क्षेत्रमा नेपाली समुदायका लागि रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ । तालिम प्राप्त प्रशिक्षक (लाईफ सेभरहरु) मार्फत समुन्द्रमै लगेर समुन्द्रको प्रकृति, छालको अवस्था र सुरक्षाका उपायहरु व्यवहारिक रुपमै देखाउने हुनाले कार्यशाल प्रभावकारी हुने भिएफएमका महेश प्रसाइले जानकारी दिए । ‘हाम्रो संस्था विगतमा पनि यस्तो कार्यक्रम गरेको थियो, त्यसैलाई हामीले निरन्तरता दिएको हो’, उनले भने । गर्मी चढेसँगै बोन्डाई, तामारा लगायतका समुन्द्री तटमा अष्ट्रेलियनका साथै नेपाली समुदायको उपस्थिति बाक्लिदो छ । समुन्द्री स्नानबारे आधारभुत जानकारी नहुँदा अहिलेसम्म ६ भन्दा बढी नेपालीको ज्यान गइसकेको बताईएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



