पास भयो कथा काठमाडौं

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

निरन्तर विवादमा मुछिदै आएको फिल्म कथा काठमाडौंलाई नेपालको सेन्सर बोर्डले पीजी अर्थात प्यारेन्ट गाइडेन्स प्रमाण पत्र दिएको छ । फिल्मको गीत तथा ट्रेलर सार्वजनिक भएसँगै बोल्ड दृश्यका कारण केही समयअघि फिल्म विकास बोर्डले फिल्मको ट्रेलर युट्युबबाट हटाउन लिखित निर्देशनसमेत दिएको थियो । राजधानीका तीन भिन्न कथा प्रस्तुत गरिएको यो फिल्म असोज १२ गते प्रदर्शनमा आउँदैछ । यो फिल्ममा प्रेम, कामवासना तथा जीवनका तीन फरक कथा प्रस्तुत गरिएको निर्देशक संगीता श्रेष्ठले बताएकी छिन् । विजय राईको लगानीको यो फिल्ममा प्रियंका कार्की–प्रमोद अग्रहरी, सञ्जोग कोइराला–सन्ध्या केसी तथा आयुष्मान देशराज जोशी–प्रेक्षा अधिकारी गरी तीन जोडीले अभिनय गरेका छन् ।