कालीकोटको आगलागीप्रति दुःख व्यक्त

काठमाडौँ, १० पुस- राष्ट्रपति विद्यादेवी भण्डारीले कालीकोटमा भएको भीषण आगलागीको घटनाले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताउनुभएको छ ।
उहाँले आगलागीबाट सयौँ विस्थापित भएको, दर्जनौँ घाइते बन्नुपरेको र ठूलो परिमाणमा अन्नपात तथा पशुधनको क्षति भएको उल्लेख गर्दै राहत तथा उद्धारमा थप तदारुकताका साथ लाग्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच, सभामुख कृष्णबहादुर महराले कालीकोट पलाता गाउँपालिका–१ खाडा गाउँमा आगलागीमा परी घाइते भएका नागरिकहरुलाई स्वास्थ्योपचारको उचित व्यवस्था गर्न र उचित क्षतिपूर्ति दिलाई राज्यको प्रत्याभूति दिलाउन सङ्घ तथा प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ ।
सभामुख महराले एक वक्तव्यमार्फत पुसको चिसोमा घरबारविहीन भएका नागरिकको तत्काल अल्पकालीन बसोबासको व्यवस्था गर्न र दीर्घकालीन रुपमा यस्ता दुर्घटना रोक्नका लागि खर, फुसका छाना भएका घरहरु हटाउनेतर्फ विशेष पहल गर्नसमेत अनुरोध गर्नुभएको छ ।
आगलागीबाट ८७ घर जलेको खबरले आफूलाई दुखित तुल्याएको उल्लेख गर्दै उहाँले अकल्पनीय र निकै पीडादायी आगलागीको घटनाबाट प्रभावितलाई विपत्तिको सामना गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...