एक्सपर्ट क्रिकेट फेस्टिभल, कप्तान पारस सहभागि हुने

सिड्नी–एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजको आयोजनामा ‘एक्सपर्ट क्रिकेट फेस्टिभल’ आयोजना हुने भएको छ । फेस्टिभलमा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, युवा व्याट्सम्यान दिपेन्द्रसिँह ऐरी र यु–१९का पूर्व खेलाडी सुवास प्रधान अष्टे«लिया आइपुगेका छन् । कप्तान पारस एक्सपर्टका ब्रान्ड एम्बासडर हुन् । एक्सपर्टले फ्रेन्चाइज लिएको पोखरा प्रिमियर लिग (पीपीएल) मा दीपेन्द्रले एक्सपर्ट धनगढी ब्लुजबाट खेलेका थिए । धनगढी ब्लुजका निर्देशक रहेका सुवास एक्सपर्टसँग जोडिएर पछिल्लो समय घरेलु क्रिकेटमा विभिन्न प्रतियोगिता गरिरहेका छन् ।
मेलबर्नमा डिसेम्बर ३० बाट हुने कार्यक्रम जनवरी ५ र ६ मासिड्नी, जनवरी १० मा ब्रिसवेन र एडिलेडमा १२ जनवरीमा हुनेछ । एक्सपर्टले अस्ट्रेलियामा एक्सपर्ट क्रिकेट क्लब बनाएको र त्यसैअन्तर्गत रहेर पारस र उनको टोलीले तीन प्रदर्शनी खेल पनि खेल्नेछ । नेपाली क्रिकेट प्रवद्र्धनका लागि एक्सपर्टसँग धेरै राम्रो योजना रहेकाले आफू यसमा आबद्ध भएको जनाउँदै कप्तान पारसले अष्टे«लिया उड्नुअघि काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘अस्ट्रेलियाका पूर्व खेलाडी माइकल क्लार्कको माध्यमबाट नेपालको अस्ट्रेलिया क्रिकेटसँग राम्रो सम्बन्ध छ । त्यहीअनुसार सन्दीप लामिछानेले अस्ट्रेलियामा राम्रो एक्सपोज पाइरहेका छन् । मैले पीपीएलका लागि पनि क्लार्कलाई बोलाएको थिएँ, व्यस्तताका कारण आउन सकेनन् । यसैलाई माध्यम बनाएर हामीले सम्बन्ध अझ बढाउनुपर्छ ।’
पारसले अस्ट्रेलियामा नेपाली क्रिकेटरको एक्सपोजरलगायत विषयको सम्भावना खोजिनुका साथै एक्सपर्टमार्फत नेपाली समुदाय विशेष क्रिकेट अगाडि लैजान खोजिएको जनाए । स्थानीय समुदायसँग त्यसै क्रममा तीन ट्वान्टी–२० खेल खेलिने उनले जनाए ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...