भव्य भयो मेलर्वनमा क्रिकेट महोत्सब

एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजको आयोजनामा मेलर्वनमा ‘एक्सपर्ट क्रिकेट फेस्टिभल’ भव्य रुपमा सम्पन्न भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, युवा व्याट्सम्यान दिपेन्द्रसिँह ऐरी र यु–१९का पूर्व खेलाडी सुवास प्रधानको उपस्थितिमा सोमबार सम्पन्न फेस्टिभलमा नेपाली क्रिकेटको वर्तमान, भविश्य माथि चर्चा गरिएको थियो । मेलर्वनमा रहेका स्थानीय क्रिकेटरहरुसँगको भेटघाट, बालबालिका, महिला र पुरुष खेलाडीहरुलाई तालिम, भेटघाट, अन्तरक्रिया र सहभोज लगायतका कार्यक्रम गरिएको थियो ।
अहिले क्रिकेट महोत्सवमा व्यस्त एक्स्पर्ट एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत सञ्जीव शर्माका अनुसार दुवै देशका नेपाली क्रिकेटलाई प्रवद्र्धन गर्ने क्रममा अष्ट्रेलियाका स्थानीय एक्स्पर्ट क्रिकेट क्लबका दुईजना खेलाडीहरुले नेपालको एक्स्पर्ट धनगढी ब्लुजका तर्फबाट नेपालमा खेल्न पाउने छन् भने धनगढी ब्लुजका दुईजना खेलाडीहरुले प्रत्येक वर्ष अष्ट्रेलिया आई यहाँका स्थानीय खेलाडीहरुसँग क्रिकेट खेल्ने व्यवस्था गरिनेछ ।मेलबर्नमा नेपाली सञ्चारकर्मीहरुसँग बोल्दै पहिलो पटक अस्ट्रेलिया आएका एक्स्पर्ट धनगढी ब्लुजका क्याप्टेन दिपेन्द्रसिंह ऐरीले एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले नेपाली क्रिकेटलाई दुई देशमा प्रवद्र्धन गरेकोमा धन्यवाद दिँदै भने, ’नेपाली क्रिकेटको विकासका लागि निकट भविष्यमा अझै यी भन्दा ठूला कार्यक्रमहरु हुनेमा म आशावादी छु ।’
नेपालको राष्टिय क्रिकेट टिमका क्याप्टेन तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका ब्राण्ड एम्बसेडर पारस खड्काले नेपाल र अस्टेलियाको क्रिकेटको प्रवद्र्धनमा गरिएका कार्यक्रमहरुप्रति खुशी हुँदै आफू पनि नेपाली क्रिकेटको अन्तराष्ट्रिय रुपमा प्रवद्र्धन गर्न सक्दो प्रयास गर्ने बताए । मेल्बर्नको जस्तो क्रिकेट फेस्टिभल सिड्नीमा जनवरी ५ र ६ मा, ब्रिसबेनमा जनवरी १० मा र एडिलेडमा जनवरी १२ मा हुनेछन् । अनलाइन खबरबाट..

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...