अष्ट्रेलियामा तिमल्सीना र खड्कालाई भानु भवानी पत्रकारिता पुरस्कार

क्यान्वेरा– अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी प्रदीप तिमल्सीना तथा अभिषेक खड्का भानु भवानी पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत भएका छन् । अष्ट्रेलियामा रहेर पनि नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएकोमा तिमल्सीना तथा खड्कालाई भानु भवानी पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत गरिएको हो । साहित्यकार स्वर्गीय भवानी घिमिरेको सम्झनामा अष्ट्रेलियाको राजधानी क्यान्बेरामा भानु परिवारद्वारा आयोजित एक विशेष कार्यक्रमको उनीहरुलाई पुरस्कृत गरिएको भानु परिवारले जानकारी गराएको छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा सञ्चारकर्मीहरुलाई राजदूत पोखरेलले सम्मान–पत्र प्रदान गरेका थिए । विशेष अतिथिका रुपमा प्राध्यापक डा.गार्गी शर्मा पनि कार्यक्रममा उपस्थित थिए भने साहित्यकारहरु बसुधा नेपाल पोखरेल, शिवानी भट्टराई घिमिरे तथा ज्ञानुवाकर पौडेल, त्रिपूरा पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहित्यकारहरुले आफ्नो रचना समेत वाचन गर्नुका साथै साहित्यकार स्वर्गीय भवानी घिमिरेले नेपाली साहित्यिक क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए । स्थानियको उत्साहजनक प्रतिक्रिया पाएर आफूहरु निकै खुसी भएको र हरेक वर्ष अष्ट्रेलियामै यो कार्यक्रम आयोजना गरिने भवानी घिमिरेकी छोरी महत्ता चापागाईँले बताइन् । यो पुरस्कार २०७० सालदेखि दिइँदै आइएको छ ।

ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...