सनसनी मच्चाएर फर्किए सन्दीप

सिड्नी–अष्ट्रेलियामा जारी विग बासको सुरुवाती चार खेलमा सनसनीपूर्ण प्रर्दशन गरेर नेपाली क्रिकेटर सन्दीप लामिछाने बँगलादेश तर्फ लागेका छन् । बँगलादेश प्रिमिएर लिगमा सहभागिता जनाउन उनी बुधबार मेलर्वनबाट सिधै त्यसतर्फ लागेका हुन् । विग बासमा अनुबन्धन हुनुअघि विपिएलमा छनौट भएका कारण उनी विग बासको बाँकी खेललाई बीचमै छाड्न बाध्य भएका थिए । मंगलबार मेलर्वन स्र्टासबाट मेलर्वन रेनेगेड्स बिरुद्ध उनले ४ ओभरको बलिङमा ३१ रन खर्चेर १ विकेट लिएका थिए । यससँगै उनले ४ खेलबाट ८ विकेट लिएका छन् । यहि प्रतियोगितामा नेपाली क्रिकेटर सन्दीप लामिछानेले सनसनीपूर्ण प्रर्दशन गरिरहेका छन् । १८ बर्षीय नेपाली लेग स्पिनर सन्दीप एकबर्ष यता विश्व क्रिकेटको सबैखाले प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । तैपनि, विग व्यास उनको सपनाको प्रतियोगिता थियो । अष्टे«लियन क्रिकेटका पूर्व कप्तान माइकल क्लार्कको निरन्तर साथ पाएका उनले दुई बर्षअघि हङकङमा आयोजित प्रतियोगितामा क्लार्कका टिमबाट खेल्ने मौका पाएका थिए । सोही खेलबाट प्रभावित लामिछानेलाई त्यसयता क्लार्कले महत्वपूर्ण साथै दिदै आएका छन् ।
हङकङ प्रतियोगितापछि क्लार्कसँगै सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले आफ्नो सपना ‘विग व्यास’ खेल्ने रहेको प्रतिक्रिया दिएका थिए । सन्दीपलाई फ्रेन्चाइच टिम स्टार्सले जारी सिजनका लागि ६० हजार अष्टे«लियन डलर (करिब नेपाली ६० लाख रुपैयाँ) मा अनुबन्धन गरेको थियो । सिड्नी थन्र्ड्स बिरुद्ध डेब्यू गरेका सन्दीपले टि–२० संरचनाका सफल खेलाडी शेन वाटसन र क्यालम फर्गुसनको विकेट लिए । वाटसन थन्र्ड्सका कप्तान पनि हुन् । ४ ओभरको बलिङमा ३६ रन दिएर २ विकेट लिएका सन्दीपले दोश्रो खेलमा अझ सुधारिएको र सनसनीपूर्ण खेल पस्किए । होबर्ट हरिकेन्स विरुद्ध ४ ओभरकै बलिङमा २४ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । तेस्रो खेलमा सिड्नी सिक्सेस विरुद्ध जम्मा १८ रन खर्चेर २ विकेट लिएपछि सन्दीपको चर्चा अहिले अष्टे«लियामा मात्रै सीमित छैन । विश्वभरका क्रिकेट हस्तीले उनलाई बधाइ दिएका छन्, सामाजिक सञ्जालमा ‘फ्लो’ गरेका छन् । लिगमा सन्दीपको डेब्यू र सनसनीपूर्ण प्रर्दशनबाट सबैभन्दा बढी खुशी नेपाली क्रिकेट र समर्थक भएका छन् । सँगै अष्टे«लियन क्रिकेटका पूर्व कप्तान क्लार्क अझ बढी खुशी छन् । उनले सामाजिक सञ्जालमा सन्दीपको फोटो पोष्ट गर्दै लेखेका छन्, ‘तिम्रो खेल प्रतिभामा मलाई कुनै शंका थिएन् । परिश्रम गर्नेहरुको सपना साकार हुन्छन्, बधाइ मित्र ।’
जहाँ जाऔँ, उस्तै समर्थक
अष्टे«लियामा अध्ययन र रोजगारका सिलसिलामा आउने नेपाली समुदायको सँख्या ६० हजार नाघिसकेको छ । मूख्य शहरमा नेपाली समुदायको बाक्लो बशोवाश छ । त्यसैले सन्दीप जुन ठाउँमा गएर खेलेपनि नेपाली समर्थकको भरपुर साथ पाउँदै आएका छन् । मेलर्वन, क्यानेवरा र सिड्नी गरि तीन फरक–फरक स्थानमा खेलिएको खेलमा सन्दीपलाई हौसला दिन थुप्रै नेपालीहरु नेपाली राष्ट्रिय झण्डा सहित मैदान पुगेका थिए ।
‘सन्दीप मात्र यस्ता विदेशी खेलाडी हुन्, जो जारी लिगमा सबैभन्दा बढी फ्यान फलोइङ छन्’, चर्चित क्रिकेट साइटले लेखेको छ । सन्दीप आबद्ध मेलर्वन स्र्टासले पनि सन्दीपले समर्थकलाई अभिभादन गरेको, प्रत्यक्ष भेटेको जस्ता फोटो र भिडियोहरु निरन्तर प्रकाशित गरिरहेको छ । सिड्नीमा सबैभन्दा बढी समर्थक देखेपछि खेल समाप्ति लगत्तै उनले ट्विट गरेका छन्, ‘सिड्नीले मलाई सधैँ मायाँ दिएको छ, आज जसरी । धन्यबाद सबै जनालाई ।’
एकबर्षमा आधा दर्जन विदेशी लिग
सन्दीपले एकबर्षमा आधा दर्जन विदेशी व्यवसायिक लिग खेलीसकेका छन् । विग व्यासमा सहभागिता जनाउनुअघि उनले इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिग र युएईमा टि–१० प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...