फुटबल खेलाडीलाई भव्य स्वागत गरिँदै
काठमाडौं— १२ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलको फाइनलमा भारतविरुद्धको खेलमा ऐतिहासिक उपाधि जितेको नेपाली टोली आज बुधवार दिउँसो स्वदेश फर्किँदै छ ।
नेपाललाई २३ वर्ष पछि ऐतिहासिक जित दिलाएका खेलाडीहरुलाई अहिले मध्यान्न झापाको जिल्ला खेलकुद विकास समितिले काँकडभिट्टामा भव्य स्वागत गर्दैछ । नेपाल प्रवेश गर्ने बित्तिकै उनीहरुलाई चार वटा गाडीमा राखेर मोटरसाईकल तथा कारसहितको विजयोत्सव र्याली निकालिने तयारी भएको छ । काँकडभिट्टाबाट प्रारम्भ हुने विजय र्यालीले खेलाडीहरुलाई धुलावारी, बिर्तामोड हुँदै भद्रपुर एयरपोर्टसम्म पुर्याएर काठमाडौंका लागि
विदाई गर्ने कार्यक्रम छ ।
नेपाली फुटबल खेलाडीहरु दिउँसो २ बजेर ५५ मिनेटमा भद्रपुर विमानस्थलबाट उड्नेछन् भने दिँसो ३ बजेर ४० मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । काठमाडौंमा पनि उनीहरुलाई भव्य स्वागत गर्ने तयारी भैरहेको छ ।
फुटबल टोली काठमाडौं आइपुग्ने बित्तिकै नगर परिक्रमा गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । नगर परिक्रमाको रुट त्रिभुवन विमानस्थलबाट तिलगंगा, गौशाला, रातोपुल, ज्ञानेश्वर, लोत्से चोक, कमलपोखरी, पुतललीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, जुद्ध शालिक, न्यूरोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी संग्रहालय गेट, महेन्द्र शालिक, पुरानो बसपार्क, भद्रकाली, शहिद गेट, सुन्धारा नागस्थान, त्रिपुरेश्वर हुँदै दशरथ रंगशाला पुगेपछि खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...