नेपाल आइडलको अष्ट्रेलिया टुरको तयारी पूरा (भिडियो सहित)

एपीवान टेलिभिजनबाट प्रशारित चर्चित गायन प्रतियोगिता नेपाल आइडल सिजन–२ को अष्ट्रेलिया टुरको तयारी पूरा भएको छ । यहि जनवरी २६ तारिख पर्थबाट सुरु हुने टुर तास्मनिया पुगेर अन्त्य हुनेछ । एमटी ८८४८ इभेन्ट ब्रिसवेनको व्यवस्थापनमा हुने टुरका लागि दोश्रो नेपाल आइडल विजेता रवि ओडका साथमा विक्रम बराल,सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल रस पवन गिरिले सहभागिता जनाउनेछन् । इभेन्टका निर्देशक अभिमानसिंह बस्नेतले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।
‘नेपाल आइडल टिमलाई यहाँ स्वागत गर्न हामी आतुर छौँ, सबै ठाउँमा यसको तयारी लगभग पूरा भइसकेको छ’, उनले भने । उनका अनुसार, जनवरी २९ मा ब्रिसबेन, फेबअरी ३ मा मेलर्वन, फेबअरी ८ मा सिड्नी र फेब्रअरी ९ मा क्या नवेरामा कार्यक्रम हुनेछ । सिड्नीमा नेपाली टच, पर्थमा असनेपाल इभेन्ट र वेस्र्टन नेपाली क्रिकेट क्लब, ब्रिसवेनमा सिभेन्टस् ब्रिसबेन, मेलर्वनमा स्मार्ट एक्सेस इन्टरटेन्ट र क्यानवेरामा जिम गौली इभेन्ट म्यानेजमेन्टसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरिने निर्देशक बस्नेतले जानकारी दिए ।
कार्यक्रममा सहभागिताका लागि आउने सम्पूर्ण सदस्यहरुको भिषा पनि प्राप्त भइसकेको आयोजकले जनाएको छ । नेपाली समुदायको बढी वशोवाश रहेको सिड्नीमा फे्रबअरी ८ मा भव्य रुपमा कार्यक्रम सम्पन्न गर्ने गरि तयारी गरिएको नेपाली टचका सिइओ दिपेश पुनले जानकारी दिए । ‘कार्यक्रमका लागि पर्चा पम्प्लेट वितरण गरिनुका साथै सामाजिक सञ्जालमा कार्यक्रमको प्रचारप्रसारलाई तीब्र बनाईएको छौँ’, उनले भने ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...