काठमाडौंमा आठ वर्षमा ४१ हजार सवारी दुर्घटना

काठमाडौं– काठमाडौं उपत्यकामा आठ वर्षमा झन्डै ४१ हजार सडक दुर्घटनाका घटना भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको तथ्यांकले यस्तो डरलाग्दो अवस्था देखाएको हो । महाशाखाले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म गरी आठ आर्थिक वर्षको तथ्यांक समेटेर तयार पारेको तथ्यांकले यस्तो डरलाग्दो तथ्यांक देखाएको हो ।
यसप्रकार उपत्यकाका सडकमा सरदर वार्षिक ५ हजारको संख्यामा सवारी दुर्घटना हुने गरेका देखिएको छ । यस अवधिमा ३० हजार ३६० जना घाइते भएका छन् । घाइते हुनेमा गम्भीर घाइतेको संख्या १ हजार ९१४ र सामान्य घाइतेको संख्या २८ हजार ४४६ रहेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार सवारी दुर्घटना हुनुमा सबैभन्दा बढी चालकको लापर्बाही देखिएको छ । अन्य कारणमा तीव्र गति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, ओभरटेक, पैदलयात्रुको लापर्बाही, तोडफोडबाट सवारीसाधनमा पुग्ने क्षति, सडकको अवस्था तथा मौसम र सडकमा छाडिएका चौपायालगायतले सवारी दुर्घटना हुने गरेका छन् ।
चालू आर्थिक वर्षको मंसिर मसान्त अर्थात् ६ महिनाको अवधिममा मात्रै करिब ३ हजार ३५० सवारी दुर्घटनाका घटना घटिसकेका छन् । यस अवधिमा १०४ जनाको मृत्यु भइसकेको छ भने २ हजार ५४२ घाइते भएका छन् । घाइते हुनेमा २ हजार ४२७ सामान्य घाइते तथा ११५ गम्भीर घाइते भएका हुन् । गत वर्षको तथ्यांकलाई हेर्दा कुल ६ हजार ३८१ सवारी दुर्घटनाका घटना घट्न गएको देखिन्छ । एक वर्षको अवधिमा १९४ जनाको ज्यान गएको थियो । ४ हजार ३३३ जना सामान्य घाइते भएका थिए भने २१९ गम्भीर घाइते भए ।
उपत्यकाकै सडकमा हुने यस्ता दुर्घटनाले गम्भीर प्रश्न उब्जाएको छ । राजधानी काठमाडौं तथा भक्तपुर र ललितपुर जिल्लालाई समेटेको यस तथ्यांकले उपत्यकाबाहिरका ग्रामीण सडकमा झनै कस्ता दुर्घटना होलान् भन्ने प्रश्न उब्जाएको छ । उपत्यकाका सडकमा घट्ने यस्ता घटनामा अझै चालकको व्यवहारमा नियन्त्रण हुनु आवश्यक देखिन्छ । त्यस्तै, पैदल यात्रुसमेत उत्तिकै सजग हुनु आवश्यक देखिन्छ । दुर्घटनाको दोस्रो कारण तीव्र गतिमा सवारी चलाउनु देखिन्छ । ट्राफिक प्रहरीले विशेष सजगताका साथ चेकजाँच गरिरहेको तथा चलाइरहेको मादक पदार्थ सेवन गरेर सवारी चलाउनेविरुद्धको अभियानसमेत अझै प्रभावकारी हुनसकेको देखिँदैन । मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकका कारण हुने सवारी दुर्घटना प्रमुखमध्येको तेस्रो कारण बन्न पुगेको देखिन्छ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...