‘आशीर्बाद’लाई साताको साहित्य पुरस्कार

सिड्नी–साहित्यकार नबीन प्यासीको ‘आशीर्बाद’लाई साताको साहित्य पुरस्कार प्रदान गरिने भएको छ । अष्टे«लियाको सिड्नीबाट साहित्य सामाग्री प्रकाशन गर्दै आएको साताको साहित्य डटकमले हरेक बर्ष उत्कृष्ट कवितलाई पुरस्कृत गर्ने परम्परा अनुसार यसबर्ष प्यासीको आशीर्बादलाई प्रदान गरिन लागेको हो । वेभसाइटमा अगस्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरुमध्ये एक उत्कृष्ट रचनालाई पुरस्कार दिदै आएको छ । यसबर्ष प्यासीको आशीर्बाद सहित कवि बाबु त्रिपाठीको ‘रोल्पाको रङ’ र जीवन खत्रकिो ‘आमाको पटुका’ छानिएको थियो । अग्रज साहित्यकारहरु महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे, ऋषि आचार्य र निस्प्रभ सजी सम्मिलित निर्णायक मण्डलले आशीर्बादलाई छनौट गरेको साताको साहित्यले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
निर्णायकहरुले बहुमतको आधारमा आशीर्बादलाई छनौट गरेको जनाईएको छ । ‘असल साहित्यले पुरस्कार र सम्मान होइन, पुरस्कार र सम्मानले असल साहित्यको खोजी गर्नु पर्दछ’ भन्ने उद्घोषका साथ नेपाली साहित्यमा उल्लेखनिय योगदान दिने उद्देश्यले सञ्चालित साताको साहित्य डट कमले हरेक बर्ष निर्णायक मण्डल, पाठकहरूको प्रतिक्रिया र आधारमा स्रस्ताहरुलाई सम्मान गरिदै आएको साताको साहित्य डटकमका सम्पादक निस्प्रभ सजीले जानकारी दिए । साहित्यकारहरु रविन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास, नवराज पराजुली, बोनम प्रताप र प्रोल्लास सिन्धुलियले पनि यो पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...