आन्टाले होली पर्वमा हँगामा मच्चाउँदै

एशोसिएशन अफ नेपाल तराई इन अस्ट्रेलिया (आन्टा)ले होली पर्व मनाउने भएको छ । संस्था स्थापना भएको १० बर्ष पुगेको अवसरमा आगामी मार्च ९ मा होली पर्व मनाउने तयारी गरिएको हो । सीड्नीको अर्वनस्थित साईनो रेस्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै सांस्कृतिक र मनोरञ्जनका लागि होली हंगामा आयोजना गरिने र उक्त कार्यक्रमबाट संकलित रकम नेपालमा विद्यालयको भवन निर्माणका लागि खर्च गरिने संस्थाले जनाएको छ ।
रकडेलस्थित ईन्द्रेणी फंसन सेन्टरमा हुने कार्यक्रमका लागि विभिन्न उपसमिति बनाएर तयारी सुरु गरिएको आन्टाका अध्यक्ष अरुण कुमार ठाकुरले जानकारी दिए । ‘विशुद्ध सांस्कृतिक तथा मनोरञ्जनात्मकका लागि कार्यक्रम आयोजना गरेका हौँ, यसबाट बचेको रकमले हामीले तराइका विभिन्न स्थानमा विद्यालय भवन निर्माणमा खर्च गर्नेछौँ’, उनले भने । सन् २००८ मा स्थापना भएको आन्टाले होली, इदलगायतका पर्वमा कार्यक्रम गरी रकम संकलन गर्दै बाढी पीडितलाई सहायेग विभिन्न जिल्लामा पुस्तकालय स्थापनालगायतका काम गर्दै आएको छ । कार्यक्रममा कलाकारहरु रमेशराज भट्टराई र सुनील पण्डितको विशेष प्रस्तुती रहने अध्यक्ष ठाकुरले जानकारी दिए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...