ईश्वरले ल्याए ‘कति राम्री’ (भिडियो सहित)

गायक ईश्वर पोखरेलको नयाँ साँगेतिक कोसेली ‘कति राम्री’ सार्वजनिक भएको छ । म्यूजिक भिडियो सहित सार्वजनिक उक्त गीतमा आफैले स्वर दिएका छन् । आफ्नै यूटुब च्यानल मार्फत सार्वजनिक भिडियो छोटो अवधीमै निकै लोकप्रिय बन्न पुगेको छ । एक नारायण भण्डारीको शष्द रहेको ‘कति राम्री’ मा आशिष अविरलले संगीत भरेका छन् । ‘गीतमा नेपाल को प्राकृतिक सौन्दर्य सँग आफ्नो प्रेमिका लाई दाँज्ने कोसीश गरेको छु’, गायक पोखरेलले भने, ‘म्युजिक भिडियो पनि राम्रो बनाउन प्रयास गरेका छौँ ।’ अध्ययन र रोजगारको सिलसिलमा सन् २००९ देखि अष्टे«लियालाई कर्मभूमी बनाउँदै आएका गायक पोखरेलका २ दर्जन भन्दा बढी गीतहरु रेडक भइसकेका छन् ।
उनको सामूहिक गीती एल्बम् ‘उडान’ दुई बर्ष अघि सार्वजनिक भएको थियो । अष्ट्रेलियामा विभिन्न अवसरमा आयोजना हुने साँगेतिक कार्यक्रममा प्रस्तुती दिइराख्ने पोखरेलका ‘रातो रिवन’, काली मोरी’, तिमी छैनौ त छैन शीतल जस्ता गीतहरु बढी लोकप्रिय छन् । ‘मेरो आफ्नै प्रयासमा विभिन्न साँगेतिक कार्यक्रमहरु पनि आयोजना गर्दै आएको छु, जहाँ रहेपनि नेपाली गीतसंगीतलाई सक्दो योगदान गर्ने प्रयास गरिरहेको छु’, उनले भने । सुनिल क्षेत्री को निर्देशन रहेको म्यूजिक भिडियोमा एपीवान टेलिभिजनको चर्चित डान्स रियालिटी शो बुकीबुगीका कलाकार रविन भुजेल र सारा श्रीपाली लगायतको अभिनय रहेको छ भने नेपाली ठिटोस समुहले पनि साथ दिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...