डा. केसीका पक्षमा अष्ट्रेलियामा प्रर्दशन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, माघ १४, २०७५

स्वास्थ्य क्षेत्र सहज र सुलभ हुनुपर्ने माग सहित अनशनरत डा. गोविन्द केसीको समर्थनमा अष्टे«लियामा रहेका नेपालीले प्रर्दशन गरेका छन् । सिड्नीस्थित कोग्रा पार्कमा जनवरी २६ मा एनआरएनएका प्रवक्ता डिला खरेलको नेतृत्वमा करिब १ सय जनाले केसीको समर्थनमा प्लेकार्ड सहित प्रर्दशन गरेका हुन् । प्रवक्ता खरेलले केहि समयदेखि डा. केसीका जायज मागलाई सरकारले सम्बोधन गनुपर्ने भन्र्दै केसीको अनसनमा एनआरएनए अष्टे«लियाको समेत समर्थन रहने घोषणा गरेका थिए ।

\‘डा. केसी हामी तपाईको साथमा छौ’ – लेखिएको प्लेकार्ड सहित समर्थनमा उत्रिएका उनीहरुले सरकारले दुई तिहाइको बलमा केसीसँग विगतमा सरकारले गरेको सम्झौता विपरित चिकित्सा शिक्षा विद्येयक पारित भएको प्रति रोष प्रकट गरेका थिए । स्वास्थ्य क्षेत्रलाई माफियाकरणबाट जोगाउन र गरिब जनताको पहुचमा स्वास्थ्य सेवा पु¥याउन डाक्टर केसीको अनसनको समर्थनमा प्रर्दशन गरिएकोप्रवक्ता खरेलले जानकारी दिए । कार्यक्रममा एनआरएनएका उपाध्यक्ष नन्द गुरुङ, नारायण प्रधान, युवा पत्रकार सरल गुरुङ लगायतले सरकारी अस्पतालमा पाइने निशुल्क औषधीको वितरण सहज नहुनु, एउटै चिकित्सकले हजारौ विरामी हेर्नुपर्ने बाध्यता, दुख गरेर कमाएको धन उपचारमा खर्चेर घर न घाटको स्थितीमा पुग्ने अवस्था सुधार्नका लागि पनि सबैले डाक्टर केसीको समर्थन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।