निर्मलाको भजाइनल स्वाबसँग आमाको डीएनए मिलेको दावी

महेन्द्रनगर- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको योनीबाट संकलन गरिएका ‘भजाइनल स्वाब’ बाट तयार पारिएको डीएनए प्रोफाइलसँग आमाको डीएनए प्रोफाइल मिलेको छ ।
निर्मलाको ‘भजाइनल स्वाब’बाट तयार पारिएको डिएनए प्रोफाइलसँग आमा दुर्गादेवी पन्तको रगतको नमुनाबाट तयार पारिएको डीएनए प्रोफाइलसँग मिलेकोे कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताए ।
गत पुष २६ गत निर्मलाकी आमा दुर्गा पन्तले क्रस चेकका लागि आफ्नो रगतको नमुना दिएकी थिईन । बालिका निर्मला पन्तको भजाइनल स्वाबबाट तयार पारिएको डीएनए प्रोफाइल उनको हो होइन भन्ने पुष्टि गर्न आमा दुर्गादेवीकोे रगतको नमुना संकलन गरिएको थियो ।
आमा दुर्गादेवी पन्तले आफ्नो रगतको नमूना संकलन गरिदिन प्रहरीलाई आग्रह गरेपछि जिल्ला प्रहरी कार्यालयले उनको रगतको नमुना संकलन गरेर प्रहरीको प्रयोगशाला र विधि विज्ञान दुवै ठाउँमा नमूना पठाएको थियो । रिपोर्टमा दुवैको डीएनए प्रोफाइल ९९ दशमलव ९९ प्रतिशत मेल खाएको छ ।
कञ्चनपुर प्रहरीका एसपी कुवेरसिहं कडायतका अनुसार स्थानिय, अधिकारकर्मी सरोकारवालाहरुको मागअनुसार आमाको रगत परीक्षणका लागि पठाइएको थियो । डीएनए प्रोफाइल म्याच भयो । ‘भजाइनल स्वाब’ निर्मलाकै हो भन्नेमा अब शंका रहेन ।’ बालिका निर्मला पन्तको ‘भजाइनल स्वाब’वाट तयार पारिएको डीएनए उनको हो वा होइन भन्ने सबैमा शंका थियो । आमाले त्यही शंका कम गर्नका लागि हामीलाई रगतको नमुना संकलन गरिदिन आग्रह गरेकी थिइन् ।
बालिका निर्मला पन्तकी आमा दुर्गादेबीले अनुसन्धानमा सहयोग पुर्याउन आफू तयार रहेको भन्दै सुरुदेखि नै आफ्नो रगतको नमुना संकलन गर्न माग राख्दै आएकी थिइन् । दुर्गादेवीले पुष २६ गते रगतको नमुना दिएपनि उनका श्रीमान यज्ञराजले भने आजका दिनसम्म रगत दिन मानेका छैनन् ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कञ्चनपुर पुगेका बेला अधिकारकर्मी संगको भेटघाटमा समेत निर्मलाको शरीरबाट संकलन गरिएको ‘भजाइनल स्वाब’मा नै शंका रहेकाले निवारणका लागि आमाबुवाको डीएनए परीक्षण गर्नुपर्ने माग राखेका थिए ।
बालिका निर्मला पन्तको बलात्कार र हत्याप्रकरण टुंगिन सकेको छैन् । बलात्कारपछि हत्या गरिएको ६ महिना बितिसकेको छ । तर अहिलेसम्म प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय सहितका झण्डै एक दर्जन समिति बनेर अनुसन्धान गरिरहेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



