शहीदको सपना पूरा गर्न सोच परिवर्तनको आवश्यक

काठमाडौँ- शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गरी अघि बढ्नुपर्ने बताइएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको शहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठले अमरत्व प्राप्त गर्नुभएको काठमाडौँको शोभा भगवती मन्दिर नजीक विष्णुमती नदी किनारामा आयोजना गरिएको श्रद्धाञ्जलिसभामा कामपा प्रमुख विद्यासुन्दर शाक्यले हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी मार्ने शहीदको योगदान कसैसँग तुलना हुन नसक्ने बताउनुभयो ।
महानगरका उपप्रमुख हरिप्रभा खड्गीले १९९७ सालमा वीरगति प्राप्त गर्ने शहीदको पूर्णकदको शालिक बनाउन सम्बन्धित वडाध्यक्षलाई आग्रह गर्नुभयो ।
सांसद जीवनराम श्रेष्ठले जनतालाई रैतीबाट मालिक बनाउने लक्ष्य बोकेर प्राण आहुति दिएका शहीदले देखाएको बाटो हिँड्नु सबैको कर्तव्य रहेको धारणा राख्नुभयो ।
राणाशासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनारको शोभा भगवती मन्दिरमा मृत्युदण्ड दिइएको थियो ।
बैतडीमा जन्मिनुभएका चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो । त्यस्तै रामेछापको भँगेरीमा जन्मिनुभएका श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो ।
विसं २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा सप्ताह मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकुस्थित पचलीमा र माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइएको थियो । शहीद सप्ताहको अन्तिम दिन भोलि माघ १६ गते शहीद दिवसका अवसरमा बिहान शान्तिबाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरि गरिने कार्यक्रम छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...