सुनकाण्डमा मुछिएका श्यामकृष्ण श्रेष्ठलाई १४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौ-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३३ किलो सुन तस्करीको अभियोगमा निलम्बन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्याम कृष्ण च्वामु श्रेष्ठविरूद्ध १४ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मंगलबार उनीविरूद्ध १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ भ्रष्टाचार गरी राष्ट्रलाई हानी नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरेको प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारले जनाएको छ। तस्करीको ३३ किलो सुन प्रकरणमा मुछिएपछि उनीमाथि अख्तियारले छानबिन गरेको थियो।
पछिल्लो समय साढे ३३ किलो सुन तस्करीमा मुछिएपछि उनको असाधारण सम्पत्ति आर्जनको रहस्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार श्रेष्ठको परिवारको ९ करोड ६३ लाख ८ हजार ८२९ मात्र बैध आन्दानी भएको पाइएको छ ।यसबाहेक १० करोड ११ लाख ४६ हजार ९८८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको पाइएको छ ।
यसबाट बढी बढाउ गरेको ४ करोड ४९ लाख ७७ हजार ४९० समते जोड्दा १४ करोड ६१ लाख २४ हजार ४७८ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले मंगलबार श्रेष्ठविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
यसरी विगो जफत गरेपछि त्यति नै जरिवाना पनि तिराउनुपर्ने अख्तियारको माग छ। उक्त सम्पत्ति जफत गर्नकै लागि भनेर अख्तियारले उनका बुवाआमा, दुवैजना श्रीमती, भाइ र भाइबुहारीलाई पनि अख्तियारले श्रेष्ठको मुद्दाका प्रतिवादी बनाएको छ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...