आईसीसी बरियतामा पारससहित नेपाली क्रिकेटरको फड्को

काठमाडौं – केही हप्ताअगाडि मात्र संयुक्त अरब इमिरेट्स ९युएई० हराएर नेपाललाई दुई ऐतिहासिक शृंखला दिलाएका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० ले जारी गरेको ब्याटिङ र अलराउन्डरको वरीयतामा फड्को मारेका छन् ।
आइसिसीले सोमबार जारी गरेका ट्वान्टी–२० क्रिकेटको अलराउन्डमा ४०औं स्थानमा रहेका पारस ब्याटिङमा भने ९०औं स्थानमा छन् ।
अलराउन्डरमा पाकिस्तानका इमाद वासिमसँग समान ७६ रेटिङ स्कोर भए पनि पारस एक स्थान तल छन् ।
त्यसअघि ३७औं स्थानमा वेस्ट इन्डिजका आन्द्रे रसेल र भारतका रोहित शर्मा ३८औं स्थानमा छन् । नेपालकै सोमपाल कामी अलराउन्डमा ५१औं स्थानमा छन् ।
इङ्ल्यान्डकै आक्रामक ब्याट्सम्यान बेन स्टोक्स सोमपालभन्दा एक स्थान माथि छन् । ब्याटिङतर्फ पारसभन्दा पछाडि भारतका दिनेश कार्तिक, श्रीलंकाका उपुल थरंगा र वेस्ट इन्डिजका निकोलस पोरनजस्ता हिटर छन् ।
बलिङतर्फको वरीयतामा नेपालका दुई बलर सोमपाल कामी र वसन्त रेग्मीले क्रमशः ७०औं र ७१औं स्थान ओगेटेका छन् । यसअघि ९२औं स्थानमा रहेका सोमपालले २२औं स्थान सुधार गरेका हुन् ।
व्यावसायिक क्रिकेटमा सफल मानिएका नेपाली युवा स्पिनर सन्दीप लामिछाने १ सय ५९औं स्थानमा छन् । एसोसिएट राष्ट्रमध्ये सबैभन्दामाथि युएईका साइमन अनवर १५औं स्थानमा छन् । नेपालविरुद्धको ट्वान्टी–२० क्रिकेट शृंखलामा एक अर्धशतकसहित १ सय ३ रन बनाएका अनवरले करियरकै उत्कृष्ट वरीयता प्राप्त गरेका हुन् ।
शृंखलामा युएईकै कप्तान मोहम्मद नाविद बलिङतर्फ १२ औं स्थानमा छन् । ट्वान्टी–२० क्रिकेट वरीयताको शीर्षमा अफगानिस्तानका रसिद खान, दोस्रोमा भारतका कुलदीप यादव, पाकिस्तानका साडब खान र इमाद वासिम क्रमशः तेस्रो र चौथो स्थानमा छन् । अलराउन्डको शीर्ष तीनमा क्रमशः अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, बंगलादेशका सकिब अल हसन र अफगानिस्तानका मोहम्मद नाविद छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...