इरानलाई ३-० ले हराउँदै नेपाल फाइनलमा

काठमाडौं- नेपाली राष्ट्रिय महिला टोली भारतमा जारी हिरो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
घरेलु टोली भारतलाई पन्छाउँदै अघि बढेको नेपालले समूह चरणको अन्तिम खेलमा इरानलाई ३-० ले हराउँदै उपाधि नजिक पुगेको हो ।
नेपालको जितमा सावित्रा भण्डारीले २ तथा अनिता बस्नेतले १ गोल गरे। यो जितसँगै लगातार दोस्रो जित निकालेको नेपाली महिला राष्ट्रिय फुटबल टोली प्रतियोगिताको फाइनलमा पुगेको हो ।
प्रतियोगितामा ३ खेलबाट २ जित र १ हारसँगै ६ अंक जोड्दै नेपाल उपविजेताका रूपमा फाइनल पुगेको हो। समूहमा सतप्रतिशत जित निकालेको म्यानमार समूह विजेताको रूपमा फाइनलमा प्रवेश गर्यो । म्यानमारले आजै भएको दोस्रो खेलमा घरेलु टोलीको चुनौती २-० ले समाप्त पार्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
प्रतियोगितामा एक जित निकालेको घरेलु टोली भारत र तीनै खेलमा पराजय बेहोरेको इरान प्रतियोगिताट बाहिरिएका छन् ।
नेपाली राष्ट्रिय महिला टोलीकी भरपर्दी फरवार्ड साबित्रा भण्डारीले जारी प्रतियोगितामा ४ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी भएकी छन्। भारतविरूद्ध दुई गोल गरेकी उनले समूह चरणको अन्तिम खेलमा आज इरानमाथि पनि २ गोल गरिन्।
बुधबार समूह चरणको अन्तिम खेलमा नेपालले पहिलो हाफमा १ र दोस्रो हाफमा दुई गोल गरेको थियो। नेपालका लागि अनिता बस्नेतले खेलको ४१ औं मिनेटमा गोल गर्दै सुरूवाती अग्रता दिलाएकी थिइन्।
पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो। खेलको ५९ औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। खेलको अन्त्यतिर अर्को गोल थप्दै साबित्राले सहज टोलीलाई सहज जित दिलाईन्।
यो जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको थियो। यद्यपी अन्तिम खेलमा भारत र म्यानमारको नतिजाले नेपाललाई फाइनल पुर्याउन सक्थ्यो। तर पनि दोस्रो खेलमा नेपाल अनुकुल नतिजा आएपछि नेपाली महिला राष्ट्रिय टोली उपाधि नजिक पुगेको हो।
अब उपाधिका लागि नेपालले शुक्रबार म्यानमारविरूद्ध खेल्नेछ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...