कार्कीले आज विश्वासको मत लिँदै
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन् ।
मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्रवार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । आज बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले बुधवार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसकेका छन् । यस्तै उनले आफ्नो क्याबिनेटमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसकेका छन् । अर्कोतर्फ उनको नियुक्ति प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतमा बुधवार नै रिट दायर गरेका थिए । उक्त रिटमाथि बिहीवार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने जनाएको छ । यस्तै पूर्ण सुनुवाइका लागि जेठ ९ गतेको लागि समय तोकिएको छ ।
काठमाडौं– काठमाडौंको दरवारमार्गमा रहेको मधुशाला गीत गजल रेष्ट्रो एण्ड बारले यही माघ...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...