हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की तेस्रोपटक कोशीको मुख्यमन्त्री बनेका हुन् । उनी प्रदेशको आठौं मुख्यमन्त्री हुन् । मुख्यमन्त्रीमा बिहीवार नै दावी पेस गरेका कार्कीलाई समर्थन गर्ने सांसदको सनाखत पूरा भएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । उनलाई आजै साँझसम्म शपथ गराउने कार्यतालिका छ ।
एमाले–माओवादीका ५२ सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भई सनाखत गरेका थिए । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न बुधवार आह्वान गरेका थिए ।
झापा, गौरादह निवासी कार्की अनेरास्ववियुको केन्द्रीय नेतृत्व सम्हाल्दै एमालेको राजनीतिमा सक्रिय भएका हुन् । यता, कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्की भने सरकार आह्वान गैरसंवैधानिक तवरले भएको भन्दै रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेका छन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...