हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की तेस्रोपटक कोशीको मुख्यमन्त्री बनेका हुन् । उनी प्रदेशको आठौं मुख्यमन्त्री हुन् । मुख्यमन्त्रीमा बिहीवार नै दावी पेस गरेका कार्कीलाई समर्थन गर्ने सांसदको सनाखत पूरा भएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । उनलाई आजै साँझसम्म शपथ गराउने कार्यतालिका छ ।
एमाले–माओवादीका ५२ सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भई सनाखत गरेका थिए । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न बुधवार आह्वान गरेका थिए ।
झापा, गौरादह निवासी कार्की अनेरास्ववियुको केन्द्रीय नेतृत्व सम्हाल्दै एमालेको राजनीतिमा सक्रिय भएका हुन् । यता, कांग्रेसबाट मुख्यमन्त्री बनेका केदार कार्की भने सरकार आह्वान गैरसंवैधानिक तवरले भएको भन्दै रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...