जर्मन सरकारको आर्थिक सहयोगमा १० सम्पदाको पुनर्निर्माण सुरु
जर्मन सरकारको आर्थिक सहयोगमा भूकम्पले क्षति पुगेको भक्तपुर नगरभित्रका १० वटा सम्पदाको पुनर्निर्माण एवम् जीर्णोद्धारको काम सुरु भएको छ ।
जर्मन विकास सहायताअन्तर्गत जर्मन विकास बैंक, नेपाल सरकार र भक्तपुर नगरपालिकाको संयुक्त लगानीमा भक्तपुरका १० वटा सम्पदाको
पुनर्निर्माणको प्रारम्भिक काम शुक्रबार दत्तात्रयस्थित पुजारी मठमा एक कार्यक्रमको आयोजना गरी सुरु गरिएको हो ।
दत्तात्रयस्थित पुजारी मठमा जर्मन सरकारका प्रतिनिधि, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, भक्तपुर नगरपालिका, पुरातत्व विभाग लगायतका प्रतिनिधिसहित सम्मिलित उक्त कार्यक्रममा पुनर्निर्माण कार्यको उद्घाटन गरिएको थियो । दत्तात्रयस्थित पुजारी मठ, पाँचतले मन्दिर, राष्ट्रिय कला सङ्ग्रहालय, दरबारस्क्वायरको फसिदेग, भक्तपुर नगरपालिकाको पुरानो भवन, भैरब द्यो छे, भैलुखेलको च्यासिंमण्डप, नासमनाको हाडा छें, विद्यार्थी निकेतन उमावि र श्रीपद्य उमाविको पुनर्निर्माण एवम् जीर्णोद्धारको काम सुरु भएको हो ।
जर्मन सरकारको रु एक अर्ब १९ करोड, नेपाल सरकारले रु २२ करोड र भक्तपुर नगरपालिकाको रु १० करोडको लगानीमा पुनर्निर्माण तथा जीर्णोद्धारको काम गरिने पुरातत्व विभाग राष्ट्रिय कला सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मीले बताउनुभयो । जर्मन विकास बैंकका कार्यालय प्रमुख एवम् प्रतिनिधि शङ्करराज पाण्डेले भूकम्पले भत्काएको सम्पदाको पुनर्निर्माणको प्रारम्भिक अनुसन्धान एवम् अन्वेषण पनि गरिने बताउनुभयो ।
“भूकम्पले भत्काएको सम्पदामध्ये कुन कुन सम्पदा पुनर्निर्माण गर्नुपर्छ, कुन कुन सम्पदा जीर्णोद्धार गरे हुन्छ भन्ने कुराको नेपाल र विदेशका विज्ञ टोलीले अन्वेषण एवम् अनुसन्धान सुरु गरेका छन्,” पाण्डेले भन्नुभयो ˗ “विज्ञसहितको उक्त टोलीले आगामी डेढ महिनाभित्र कुन सम्पदा कसरी पुनर्निर्माण एवम् जीर्णोद्धार गर्ने भनेर प्रतिवेदन बुझाउँछन्, त्यसैको आधारमा पुनर्निर्माणको मुख्य काम सुरु हुन्छ ।” आगामी २०१६ सालको डिसेम्बरसम्म सम्पदाको पुनर्निर्माण
, जीर्णोद्धार र रेक्टोफिटिङको काम सम्पन्न गरिसक्ने लक्ष्य छ । सम्पदाको जीर्णोद्धारसँगै पाँचतले मन्दिर परिसर अर्थात् तौमढीबाट दत्तात्रय मन्दिरसम्म ढुङ्गा छाप्ने काम पनि सम्पन्न गरिने भएको छ । रासस
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...