मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक

काठमाडौं- सरकारले तीन मेडिकल कलेज खोल्ने तयारी थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत स्थापना गरिने मेडिकल कलेजमा आवश्यकता पर्ने कर्मचारीको अस्थायी दरबन्धी सिर्जना गर्ने पनि सरकारले निर्णय गरेको छ ।
मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले निर्णय सार्वजनिक गरेका हुन् । यसैगरी सरकारले थप पाँच वटा अस्पतालहरुलाई संघ मातहत ल्याउने निर्णय गरेको छ।
सरकारले विराटनगरको कोशी अञ्चल अस्पताल, वीरगंजको नारायणी उपक्षेत्रिय अस्पताल, भरतपुर चितवनको भरतपुर अस्पताल, नेपालगञ्जको भेरी अञ्चल अस्पताल, र डडेल्धुराको डडेल्धुरा उपरक्षेत्रीय अस्पताललाई संघ अन्तर्गत ल्याउने निर्णय गरेको मन्त्रि बास्कोटाले जानकारी दिनुभयो ।
यसँगै सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल हाइड्रोजन बम भएकाले यसको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटा भने, ‘सामाजिक सञ्जालको सदुपयोग समाज विकासको आधारशिला बन्न सक्छ, तर यसको दुरूपयोग कुनै हाइड्रोजन बमभन्दा कमी नहुन सक्छ।’
समाजिक सञ्जालको दुरूपयोगले समाजमा गलत काम भएको र भ्रम फैलिएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले यसले साइबर सुरक्षामा समेत आघात पुर्याउने पनि बताउनुभएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...