नेपालको पहिलो महिला प्रधानन्यायधीशमा सुशीला कार्की सिफारिस

काठमाडौं- संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीसमा सुशीला कार्कीलाई सिफारिस गरेको छ। आइतबार साँझ बसेको परिषदले कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।
संसदीय सुनुवाई पुरा गरेपछि उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुने छन्। प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेर हदका कारण ३० चैतबाट अनिवार्य अवकाश पाउँदै छन्।
संवैधानिक परिषद बैठकमा सभामुख ओनसरी घर्ती उपस्थित थिइनन्। सुमेरु अस्पतालमा उपचार गराइरहेकी घर्तीलाई प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालनै पुगेका थिए।
२००९ जेठ २५ मा जन्मिएकी कार्कीले ६५ बर्षे उमेर हद पुरा गर्दै २०७४ जेठ २५ गते अवकास पाउने छन्। उनले सन् १९७८ मा त्रिभुवन विश्व विद्यालयबाट कानुनमा स्नातक गरेकी छन्। उनी २०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीश नियुक्त भएकी थिइन् भने २०६७ मंसिर २ गते स्थायी न्यायाधीश बनेकी थिइन्।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...