नेपालको पहिलो महिला प्रधानन्यायधीशमा सुशीला कार्की सिफारिस

काठमाडौं- संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीसमा सुशीला कार्कीलाई सिफारिस गरेको छ। आइतबार साँझ बसेको परिषदले कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।
संसदीय सुनुवाई पुरा गरेपछि उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुने छन्। प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेर हदका कारण ३० चैतबाट अनिवार्य अवकाश पाउँदै छन्।
संवैधानिक परिषद बैठकमा सभामुख ओनसरी घर्ती उपस्थित थिइनन्। सुमेरु अस्पतालमा उपचार गराइरहेकी घर्तीलाई प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालनै पुगेका थिए।
२००९ जेठ २५ मा जन्मिएकी कार्कीले ६५ बर्षे उमेर हद पुरा गर्दै २०७४ जेठ २५ गते अवकास पाउने छन्। उनले सन् १९७८ मा त्रिभुवन विश्व विद्यालयबाट कानुनमा स्नातक गरेकी छन्। उनी २०६५ माघ ९ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीश नियुक्त भएकी थिइन् भने २०६७ मंसिर २ गते स्थायी न्यायाधीश बनेकी थिइन्।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...