मन्त्री अधिकारीसहित मृतक शव काठमाडौं ल्याउने तयारी

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी लगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
आज बिहानै घटनास्थलमा रहेका बाँकी ३ शवलाई सुकेटार विमानस्थलमा लगिएको र मौसमको अनुकुलता हेरेर काठमाडौं पठाइने तयारी गरिएको ताप्लेजुङका प्रहरी नायब उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।
यसअघि हिजो विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण शव उठाउने कार्य प्रभावित बनेको थियो । घटनास्थलबाट शव बोकेरै ल्याउने प्रयास गरिए पनि असफल भएपछि आज बिहान सेनाको हेलिकप्टरले आज बिहान मात्रै शव सुकेटार विमानस्थलमा पुर्याइएको हो हो ।
काठमाडौंबाट तेह्रथुमको चुहानडाडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएको मन्त्री अधिकारीसहितको टोली काठमाडौं फर्किने क्रममा हिजो ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...