विभिन्न एअरलाइन्स कम्पनीले रोके ‘बोइङ ७३७ म्याक्स ८’ को उडान

आदिसअबाबा- इथियोपियन एअरलाइन्सको विमान दुर्घटनापछि विभिन्न देशका वायुसेवा कम्पनीहरूले ‘बोइङ ७३७ म्याक्स ८’को उडान स्थगित गरेका छन् ।
आइतबार आदिसअबाबाबाट केन्याको नैरोवीका लागि उडेको ‘बोइङ ७३७ म्याक्स ८’ जहाज टेकअफ गरेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमान दुर्घटनामा चालक दलका सदस्यसहित १५७ जनाको मृत्यु भएको छ ।
पाँच महिनाभित्र ‘बोइङ ७३७ म्याक्स ८’ मोडलको विमान दुर्घटनामा परेको यो दोस्रो पटक हो । यसअघि इन्डोनेसियामा यही मोडलको विमान दुर्घटनामा परेको थियो ।
लायन एअरको स्वामित्वमा रहेको सो विमान पनि धावनमार्गबाट उडेको १२ मिनेटमै दुर्घटनाग्रस्त हुँदा १८९ जनाको मृत्यु भएको थियो ।
समान प्रकृतिका घटना छोटो समयमा दोहोरिएको भन्दै चीनको उड्डयन नियामक निकायले घरेलु वायुसेवा कम्पनीहरूलाई सो मोडलका विमानहरूको उडान स्थगित गर्न निर्देशन दिएको छ ।
निर्देशनबाट एअर चाइना, चाइना इस्टर्न एअरलाइन्स, चाइना सदर्न एअरलाइन्स लगायतका कम्पनी प्रभावित हुनेछन् । चीनमा यो मोडलका कम्तीमा ९० वटा विमान सञ्चालनमा छन् ।
इथियोपियन एअरलाइन्स तथा केमन एअरवेजले पनि म्याक्स ८ मोडलका विमानको उडान रोकेका छन् ।
मोरोक्कोको रोयल एअर मारोक, ब्रिट्रिस एअरवेज, दक्षिण अफ्रिकाको कम एअर, मंगोलियन एअरलायन्स, एरोमेक्सिको र ब्राजिलको गोल एअरलायन्सले पनि बोइङ ७३७ म्याक्सको उडान स्थगित गरेका छन् ।
बोइङले आइतबारको दुर्घटनाबाट आफूलाई दुःख लागेको भन्दै अनुसन्धानका लागि प्राविधिक सहयोग गर्न टोली पठाउने जनाएको छ ।
इथियोपियाले बोइङ कम्पनी र अमेरिकाका विशेषज्ञहरूसँग समन्वय गरेर दुर्घटना अनुसन्धान गर्नेछ ।
भारतले पनि सो मोडलका विमान सञ्चालनबारे नियामक निकायहरूसँग छलफल भइरहेको बताएको छ । भारतमा जेट एअरवेज र स्पाइस जेटले ’बोइङ ७४७ म्याक्स ८’ मोडलकाबाट उडान भर्दै आइरहेका छन् ।
बोइङका अनुसार संसारका विभिन्न १६ वटा वायुसेवा कम्पनीले उक्त मोडलका विमानहरू किनेका छन् ।
नर्वेजियन एअरलाइन्ससँग ‘बोइङ ७३७ म्याक्स ८’ मोडलका १८ वटा विमान छन् । तीमध्ये अधिकांशले आयरल्यान्ड र अमेरिकामा उडान गर्छन् ।
सिल्कएअर, आरोलिनियस आर्जेन्टिनास र एअर इटालीसँग पनि ‘म्यास ८’ मोडलका विमानहरू छन् ।
त्यस्तै, साउथवेस्ट एअरलाइन्ससँग ३१ एवम् एअर क्यानडा र अमेरिकन एअरलाइन्ससँग २४/२४ वटा ‘बोइङ ७३७ म्याक्स ८ जेट’ छन् ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...