सन्जिबको ‘आँखामा’ सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्वहरु संगीतकार सचिन सिंह, गीतकार होमनाथ न्यौपाने र हालका एक पछि अर्को गर्दै हिट गीत दिन सफल गायक ‘सन्जिब पराजुली’को गीत “आँखामा” सार्वजनिक भएको छ । गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।

झट्ट सुन्दा फिल्मी शैलिको तर आधुनिक गीत ‘आँखामा’का गायकले आफ्नो भर्साटालिटी गायकी प्रस्तुत गरेका छन् । ‘कर्के नजर’, ‘नाई मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’ जस्ता अन्य थुप्रै डान्सिंग नम्बर गीतहरुले श्रोता-दर्शकको मन पहिले नै जित्न सफल गायक सन्जिबले ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ जस्ता सुमधुर र सेमी-क्लासिकल गीतमा पनि उत्तिकै प्रसंसा कमाएका छन् ।

प्रस्तुत गीतलाई लाइमलाइट नेपालका टेकेन्द्र शाहले निर्देशन गर्नु भएको छ । गीतमा प्रेमी प्रेमिका बीचको रोमाञ्चक क्षणलाई निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । गीतलाई जीवन्त रुप दिई क्यामरामा राम कुमार केसीले कैद गर्नु भएको छ भने टेकेन्द्र शाह आफैले एडिटिंग र कलरिंग गर्नु भएको छ । कलाकारहरु रेम्बो अधिकारी र माला लिम्बुले अभिनय मार्फत गीतको भाव ब्यक्त गरेका छन् । गीतलाई सन्तोष राजबाहकले कोरिओग्राफ गर्नुभएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...