प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

-- ?>

Kp Oli

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७३ को पूर्व सन्ध्यामा आज मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ । प्रधानमन्त्री ओलीले आज साँझ पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिएका छन् ।
नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका ओली प्रधानमन्त्री बनेको भरखरै ६ महिना पुरा भएको छ । प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत नयाँ वर्ष २०७३ को शुभकामनासहित यो वर्ष भएका कामको समीक्षा तथा आगामी वर्षको योजनाबारे पनि जानकारी दिने गर्ने प्रेस सल्लाहकार अधिकारीले जानकारी दिएका छन् ।