सयुक्त बहुसांस्कृतिक बैशाखी मेला हुदै

दक्षिण एशियन मुलुकहरु, नेपाल, भारत, पाकिस्तान श्रीलंका तथा बंगलादेशमा त्यहाँको क्यालेन्डर अनुसार नया बर्ष अंग्रेजी महिना अप्रिलको मध्ये तिर पर्दछ | नया बर्ष सयुक्त रुप मा मनाउने उद्देश्यले अस्ट्रेलिया स्थित सिड्नीको दक्षिण पश्चिम स्थित क्याम्पबेलटाउन काउन्सिल अन्तरगत बसोबास गर्ने दक्षिण एशियन समुदायले एस पटक सयुक्त रुपमा “बहुसांस्कृतिक बैशाखी मेला” को आयोजना गरेको छ |
क्याम्पबेलटाउन काउन्सिल स्थित बहुसांस्कृतिक समाज (Multicultural Society of Campbeltown) को सहयोगमा आगामी अप्रिल १३ का दिन आयाजना गरिएको बहुसांस्कृतिक बैशाखी मेलामा नेपाली, भारतीय, बंगलादेशी ,पाकिस्तानी तथा श्रीलंकाली समुदायको भाषा, संस्कृति तथा पहिचान झल्किने खालका नाच गान र अन्य मनोरन्जनात्मक संस्कृतिक कार्यक्रमहरु प्रस्तूत गरिने गरिने जानकारी नपाली समाजका अगुवा टुंगानाथ खरेलले नेपाली टाइम्सलाइ दिए |
क्याम्पबेलटाउन नेपाली समाजका अध्यक्ष राज कुमार अधिकारीका अनुसार अप्रिलको मध्ये तिर अर्थात् बैसाख १ लाइ नया बर्ष मनाउने सबै समुदायलाइ नया बर्ष मनाउन, आपसमा सद्भाव, शुभकामना आदानप्रदान गर्न, साथीभाइ इष्टमित्र भेटघाट, तथा मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउनका लागि क्याम्पबेलटाउन काउन्सिल स्थित बहुसांस्कृतिक समाजले सबैलाइ अनुरोध गरेको छ ।
Campbelltown Stadium (Athletic Field), Leumeah मा दिउसो २ बजे देखि बेलुकी १० बजे सम्म हुने यस बहुसांस्कृतिक मेलामा करिब १५ देखि २० हजार मानिसहरु को सहभगिता रहने अनुमान गरिएको छ भने विभिन्न दलका राजनैतिक व्यक्तित्वहरु, काउन्सिल पदाधिकारीहरु तथा दक्षिण एशियाली मुलुकका उच्च आयुक्त तथा बाणिज्य दुतहरुको पनि उपस्थिति रहने बताइएको छ |

ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...