असारसम्म राति १० घण्टा विमानस्थल बन्द

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हिजो सोमबारदेखि १० घण्टा बन्द भएको छ । विमानस्थलको धावनमार्ग स्तरउरोन्नक्ती गर्नुपर्ने भएकाले बन्द गर्न थालिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार २०७५ चैत १८ गतेदेखि २०७६ असार १५ गतेसम्म राति १० बजेदेखि विहान ८ बजेसम्म विमानस्थल बन्द गरेर रनवे मर्मत गरिने छ । हाल विमानस्थल २२ घण्टा ९विहान ६ देखि राति ३ बजे० सम्म सञ्चालन हु“दै आएको छ ।
कमभन्दा कम उडान कटौती गरेर उडान समय तालिका व्यवस्थापन गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो ।
‘राति र विहानको समयमा हुने उडानलाई दिउसोको समयमा सारेर समय तालिका निर्धारण गरिएको छ,’ महाप्रबन्धक क्षेत्रील भन्नुभयो–‘अन्य देशमा जस्तो धेरै उडान प्रभावित भएको छैन, ८ प्रतिशतको हाराहारीमा मात्रै उडान कटौती हुन्छ ।’
करिब ४४ वर्ष पुरानो ३ हजार ५० लामो, ६० मिटर चौडाई भएको धावनमार्गको पहिलोपटक पुरानो पिच फालेर नया पिच गर्न लागिएको प्राधिकरणका आयोजना प्रमुख निर्देशक बाबुराम पौडेलले बताउनुभयो ।
‘नया धावनमार्ग निमार्णसंगै अहिलेकै हवाई चापको अवस्थामा २० वर्षसम्म निरन्तर धावनमार्ग २४ घण्टा सञ्चालन गर्न सकिनेछ,’ निर्देशक पौडेलले भन्नुभयो–‘यसको लागि निरन्तर मर्मत सम्भार भने जरुरी रहेको छ ।’
यसअघि विमानस्थल कार्यालयले धावनमार्गको माथिबाट पिच गरी मर्मत गर्दै आएको थियो । मर्मत कार्य तीन महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।
पहिले नै आयोजनाको ठेक्का लगाइएको भए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण आयोजनाले गति लिन पाएको थिएन । यसपटक भने प्राधिकरणले गरेको ग्लोबल टेन्डरबाट चिनिया कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले जिम्मा लिएको छ । उक्त कम्पनीले निर्माणका लागि आवश्यक निर्माण सामग्री र आन्तरिक तयारी पूरा गरी काम शुरु गर्न भएकाले निर्धारित समयमा आयोजना पूरा हुने निर्देशक पौडेलको भनाइ छ ।
चिनिया ठेकेदार कम्पनीले धावनमार्गको स्तरोन्नतीका लागि ३ अर्ब ७८ करोड रुपियामा सम्झौता गरेको छ ।
निर्माण कम्पनीले धवानमार्गको २० देखि २५ सेन्टिमिटर गहिराईमा गएर पुरानो पिच फालेर स्वदेशी तथा विदेशबाट आयात गरिएका नया् निर्माण सामग्रीसहितको बिटुमिन ९अलकतत्र० राख्नेछ भने दैनिक विशेष प्रविधियुक्त मिलिङ ९जोतेर० उपकरणबाट धावनमार्गको स्तरोन्नती गरी सय मिटरसम्मको हाराहारीमा धावनमार्गलाई नया रुप दिइने छ ।
विमानस्थलको धावनमार्ग मर्मत ९कालोपत्र० जिरो टु बाट शुरु गरिनेछ । यसरी स्तरोन्नती गरी सोही दिन उडानको लागि योग्य बनाउनुपर्ने छ । जिरो टु देखि एक हजार ६ सय मिटरसम्म हवाई चाप अत्याधिक पर्ने मध्य भाग भएकाले पूर्ण रुपमा जिर्ण भएको छ ।
प्राधिकरणले विमानस्थल कार्यालयबाट उडान भर्ने विदेशी यात्रुबाट विमानस्थल विकास शुल्क शीर्षकमा टिकटमा १ हजार रुपिया अतिरिक्त शुल्कबाट बजेट कायम गरेको छ । विमानस्थल कार्यालयले ५ वर्षमा करिब ८ अर्ब रुपिया संकलन गरेको छ ।
विमानस्थललेको आन्तरिक उडानको हवाई चाप कम गर्नेको लागि सोलुखुम्वुको लुक्लामा हुने उडानलाई व्यवस्थापन गर्दै रामेछापमा सरारेको छ । सो क्षेत्रमा उडान गर्ने तारा, गोमा, सीताले रामेछापबाट उडान गर्ने समयतालिका निर्धारण गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।
यसरी नै माउन्टेन फ्लाईट पनि व्यवस्थापन गरिएको उहाको भनाइ छ । बिहान र दिउसो अन्य उडानलाई सहज बनाउनको लागि आन्तरिकका पोखरा, भरतपुरबाहेक धेरै उडान हुने विमानस्थलमा रात्रिकाली उडान गर्न सकिने भएकाले आन्तरिक उडान प्रभावित नहुने गरी व्यवस्थापन गरिएको क्षत्रीको भनाइ छ ।
विमानस्थल कार्यालयबाट आन्तरिक र बाह्य उडान गरी ३ सय ५० भन्दा बढी उडान हुदै आएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



