हुमागाईको अध्यक्षतामा ल्युमिया नेप्लिज कम्युनिटी गठन

अष्ट्रेलियामा नेपालीहरुको संख्या दिनानुदिन वढेसंगै विभिन्न समुदायको गठनपनि त्यही अनुरुपले वढिरहेको छ । यहि क्रमको निरन्तरता स्वरुप हालसालै सिड्नीको दक्षिणपश्चिमको ल्युमिया क्षेत्रमा वसोवास गर्ने नेपालीहरुले एक भब्य कार्यक्रम मार्फत ल्युमिया नेप्लिज कम्युनिटी गठन गरेका छन् । गत हप्ता क्याम्पवल टाउनको कोशीगया पार्कमा आयोजित एक वृहत भेलाले सर्वसम्मत रुपमा प्रकाश हुमागार्ईको अध्यक्षतामा ७ सदस्यीय कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रमोद धिताल, सचिवमा अर्जुन तिमिल्सिना, कोषाध्यक्षमा जानकी रानाभाट सदस्यमा गीता थापा ,सन्दीप वास्तोला र सुर्य पोखरेल रहेका छन् । विभिन्न मनरोञ्जनात्मक कार्यक्रम, बार्विक्यु र अभिभावकहरु वीचको रमाईलो अन्तरंगका बीच सम्पन्न सो कार्यक्रमले आगामी दिनमा दक्षिणपश्चिम सिड्नीको ल्युमियामा रहेका नेपालीहरुको हकहितका लागि कार्य गर्नुका साथै क्याम्पलवटाउन काउन्सीलसंगको सहकार्यमा विभिन्न सामाजिक कार्यहरुमा स्वंयसेवी भूमिका निर्वाह गर्ने निर्णय गरेको अध्यक्ष हुमागाइले वताउनुभयो । हामी तुलनात्मक रुपमा सानो संख्यामा हौला, तर छरिएर रहेका हामी आप्रवासी नेपालीहरु हाम्रो नेपाली धर्मसंस्कृति, कला, भाषा र भेषभुषाको पहिचान स्थापित गरेर समाजमा आइपरेका जुनसुकै समस्याका समाधान गर्नका खातिर यो समिति गठन अपरिहार्य भएको हो, हुमागाईको तर्क थियो । पछिल्ला वर्षहरुमा ल्युमिया क्षेत्रमा नेपालीहरुको वसाईसराईको क्रम वढेको र यहाँ रहेका विविध समस्याहरुलाई सम्वन्धित निकायसम्म पुर्याउनपनि ल्युमिया नेप्लिज कम्युनिटी आवश्यकता रहेकोले यसको गठन भएको उपाध्यक्ष धितालले बताए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...