राष्ट्रपतिद्वारा नयाँ वर्ष २०७३ को शुभकामना व्यक्त

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको नयाँ वर्ष २०७३ को सुख्द अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, सद्भाव, एकता, उत्तरोत्तर प्रगति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
नयाँ वर्ष २०७३ को पहिलो दिन आज बुधवार आज एक शुभकामना सन्देश दिँदै उहाँले नयाँ वर्षलाई स्वागत गर्ने क्रममा बितेको वर्ष २०७२ लाई सम्पूर्ण नेपालीको लामो समयदेखिको आफूलाई पूर्णरुपमा सार्वभौम बनाउने आकांक्षाको प्रतीक लोकतान्त्रिक गण्तन्त्र नेपालको संविधान जारी हुनु २०७२ सालको सर्वोच्च उपलब्धि भएको उल्लेख गर्नुभएको छ ।
विनाशकारी भूकम्प र त्यसपछिको अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको अवरोध सामना गर्नुपर्दा २०७२ सालमा सम्पूर्ण नेपालीले ठूलो पीडा र सास्ती भोग्न बाध्य भएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले राजनीतिक अभियानबाट हासिल ऐतिहासिक एवम् युगान्तकारी उपलब्धिसँगै नयाँ संविधानको कार्यान्वयनबाट मुलुकलाई सङ्घीय संरचनामा रुपान्तरण गर्दै आर्थिक सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने जिम्मेवारी अहिले सबै नेपालीको काँधमा आएको पनि उल्लेख गर्नुभएको छ ।
नयाँ वर्षको आगमनसँगै मुलुक नयाँ सोच, शैली र गन्तव्यसहित अगाडि बढ्नुपर्ने बेला आएकाले सहमतिसहित राजनीतिक स्थिरता, नयाँ संविधानको कार्यान्वयन संवाद र सहमतिबाट हुनुपर्ने राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गर्नुभएको छ । राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पले पारेको प्रभावलाई न्युनीकरण गर्न राष्ट्रिय अभियानका रुपमा चलाइने पुनःनिर्माण र नवनिर्माणलाई प्रथमिकता दिई पीडित जनताको जीवनलाई सामान्यीकरण गर्न तथा देशले भोग्नुपरेका अन्य समस्याको समाधानका लागि सरकार, राजनीतिक दल, सङ्घसंस्था एवम् निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्ने पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...