एडिलेडमा नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा

सिड्नीः नयाँ बर्ष २०७६ को अवसरमा गैरआवासिय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियाको आयोजनामा एडिलेडमा ‘नेपाल फेस्टिभल’ आयोजना हुने भएको छ । हरेक २ बर्षमा आयोजना फेस्टिभलको तेस्रो संस्करण नेपाली नयाँ बर्षको अवसरमा १४ अप्रिल आयोजना हुने आयोजकले जनाएको छ । नेपाली कला साँस्कृतिकको थप प्रचार–प्रसार, प्रवासमा हुर्कदै गरेको दोश्रो पुस्तालाई नेपाली रितिरिवाजसम्बन्धि जानकारी दिनुका साथै नेपाली समुदायको प्रतिभा र व्यवसायलाई बजारीकरण गदै भिजिट नेपाल २०२० लाई सघाउ पु¥याउने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष एवम् एनआरएनए साउथ अष्ट्रेलिया राज्यका संयोजक अशोक केसीले जानकारी दिए ।
‘हामीले निकै लामो समयदेखि कार्यक्रमलाई व्यवस्थित बनाउने उद्देश्यले तयारी थालेका छौँ, सम्पूर्ण उपसमितिहरुले आ–आफ्नो तयारीलाई अन्तिम रुप दिन थालेका छन्’, उनले भने । फेस्टिभलमा नेपाल सम्बन्धि सम्पूर्ण जानकारी दिने नेपाल हाउस, नेपाली परिकारका खानाका स्टल, नेपाली उत्पादनका स्टल र नेपाली कला साँस्कृति झल्कने हस्तकलाका स्टलहरु राखिनेछ । यस्ता स्टलबाट फेस्टिभलमा आउने नेपाली मात्र नभई अन्य मुलुकका नागरिकले पनि नेपाल र नेपालीबारे जानकारी पाईने आयोजकको विश्वास छ । फेस्टिभलको पूर्वसन्ध्यामा अष्टे«लियामा रहेका विज्ञ एनआरएनएहरुले विभिन्न विषयमा प्राप्त गरेका अनुभव र त्यसलाई कसरी देशमा लागु गर्न सकिन्छ भन्ने विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने तयारी भएको छ ।
विज्ञ छलफल नाम दिईएको उक्त कार्यक्रमका लागि ११ जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने पक्का भइसकेको बताईएको छ । फेस्टिभलमा साँगेतिक मनोरञ्जन दिन चर्चित गायक जीवन शर्मा, कालीप्रसद बास्कोटा, ब्रदी पंगेनी, मार्क दास, कर्ण दास जस्ता गायकहरु उपस्थित हुनेछन् । नायिक बेनिशा हमालले पनि आफ्नो प्रस्तुती दिने कार्यक्रममा एनआराएनए साउथ अष्ट्रेलियाका मिस्टर नेपाल र मिस नेपालले स्टेज शो पनि दिनेछन् । कार्यक्रमको उद्घाटन सत्रलाई भव्य बनाउन साउथ अष्ट्रेलिया राज्यका सांसद्लाई प्रमुख अतिथिको निम्ता दिईएको छ । फेस्टिभलमा नेपाली र नेपाली भाषी भुटानी गरि १० हजार दर्शक उपस्थित हुने आयोजकले आशा लिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



