‘साईंली’ अष्ट्रेलिया आउने

सिड्नी– वैदेशिक रोजगारका कथाबस्तुलाई मार्मिक ढँगले पस्केको नेपाली कथानक चलचित्र ‘साइली’ अष्ट्रेलियामा पनि प्रर्दशनमा आउने भएको छ । नेपाली बजारमा आशातीत व्यापार गर्न सफल चलचित्र साइलीलाई अष्टे«लियामा रहेका नेपालीहरुको माग बमोजिम रोटेपिङ इन्टरटेनमेन्टले प्रर्दशनमा ल्याउन लागेको हो । चलचित्र यहि अप्रिल २७ तारिखका दिन सिडनीको हर्सभिलमा रहेको इभेन्ट सिनेमा, मे ४ मा सिडनीको बरुड इभेन्ट सिनेमा र सोही दिन वारिंगामलको ओएट्स सिनेमा हलमा प्रदर्शन गरिने इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक राजेश घिमिरेले जानकारी दिए ।
‘टिपिकल नेपाली कथाबस्तु र मजबुत निर्माण पक्षका कारण नेपाली बजारमा यसले राम्रो व्यापार गर्न सपल भइरहेको छ, हाम्रै कथाबस्तु रहेकाले पनि यो चलचित्रले राम्रो गर्न सक्छ’, उनले भने, ‘टिकट दर पनि हामीले सस्तो बनाएका छौँ ।’ २५ डलरमा प्रतिव्यक्ति टिकट लिन सकिने उनले बताए । नेपाली गीत–संगीत बजारमा हेमन्त रानाले गएको ‘सुन साईंली‘ साईंली‘, परदेशबाट म आउँला । चालीस कटे’सी रमाऔँला‘.।’ गीतको मर्मलाई मूल आधार वा विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘साईंली’ लाई रामबाबुर गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, गौरव पहारी र मेनका प्रधानलगायत कलाकारहरूको शीर्ष अभिनय छ । यस चलचित्रलाई सिड्नीमा केआईइसी ग्लोबलले प्रस्तुत गर्दैछ भने कर्पोरेट पार्टनरका रूपमा एस पिपुल ऐजुकेसन एण्ड भिसा सर्भिसेस र डिएम लिगल र ट्राभल्स पार्टनरमा एभरेष्ट ट्राभल्स एण्ड टुर रहेको रोटेपिङ इन्टरटेनमेन्टले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...