कोइरालाको निधनपछि काँग्रेसको नेतृत्वमा को ?

-- होमप्रसाद लम्साल / प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७२

काँग्रेसको १३ औ महाधिवेसनको रौनक चरम चुलीमा पुग्दै थियो । पार्टीका नेता तथा कार्यकर्ताहरु जिल्लाका महाधिवेसन प्रतिनिधि र जिल्ला सभापतिका नामावली हातमा लिएर यो फलानो, त्यो ढिस्कानो पक्षधर भन्दै चिया होस वा सोमरस दोकानहरु खचाखच थियो । ठिक त्यहि बेला अप्रत्यासित रुपमा पार्टी सभापति शुशिल कोईरालाको निधनको खबर देश विदेश छपक्कै छायो ।

जिल्ला अधिवेसन गराएर सबै हाम्रै मान्छे ल्याउछु भन्दै ८, १० हजार हात थापेर जिल्लामा आफै पराजित भएपछि सोमरसमा टिल्ल हुँदै गर्दा कोईरालाको निधनको खबरले कतिपयलाई सपना जस्तै भयो । शुरुमा सुन्दा धेरैले पत्याएनन् पनि । न बिरामी नत कतै अस्पतालमा भर्ना । जतिबेला पत्याए त्यहि बेलाबाटै शुरु भयो काँग्रेसको नेतृत्व अब कता जान्छ र अब कता लाग्दा भोलि आफ्नो भविष्य बन्छ ? स्वाभाविक रुपमा देशको ठुलो पार्टीको नेतृत्व कसले गर्ला भन्ने चर्चा हुन्छन नै । यस्ता खालका अडकलबाजीहरु पार्टीका कार्यालयमा श्रद्धान्जली दिँदादेखि नै शुरु भएर रंगशाला वा भनौ पशुपति आर्यघाटमा कोईरालाको पार्थिव शरिर जलीरहँदा झन बढ्दै गयो । स्वभाविक रुपमा सभापतिका उम्मेदवारको चर्चामा थिए कोईराला । तर उनलाई महाधिवेसन सम्पन्न गर्न दिएन दैवले ।

दैलामाSher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700 सभापतिको लास राखेर चोटामा बैठक हुँदा त्यहि सभापतिको कुर्सी अरु कसैले खोस्लाकी जस्तो भएछ । त्यसैले होला राजनीति फोहारी खेल भनेको । दैलोमा लास भएको दिनत कम्तीमा त्यो कुर्सीमा नबसिदिए हुन्थ्यो भनेर पार्टी कार्यालयको केन्द्रिय समिति बैठकमा भएका खटपटका कुरा पनि बाहिर आउन थाल्यो । कुर्सी कति प्यारो हुन्छ भन्ने कुरा नेपाली राजनीतिमा त्यति नौलो कुरा त होईन तर पनि यस्तो निकृष्ठ कार्यले लोभको पराकाष्ट नै झल्काउँछ । बाहिर सभापतिको पार्थीव शरीर राखिएको छ, कम्तिमा यो शोकको अवधिभर त त्यो कुर्सी खाली राख्नु पर्ने हो । यी भए वितेका कुरा ।

कोईरालाको अभावमा अबको काँग्रेस राजनीति कसले हाँक्ला वा कोईरालाको विरासत कसको पोल्टामा जाला ? त्यो काँग्रेसीका लागि मात्रै होईन की राष्ट्रिय अन्तर्राष्ट्रिय चासो बन्न थालेको छ । मुलुककै पुरानो पार्टी त्यसमा पनि पहिलो अवस्थामा छ । यतिखेर नेतृत्वका लागि देखिएका पात्रहरु वरिष्ठ नेता शेर बहादुर देउवा र रामचन्द्र पौडेल मुख्य रुपमा बाँकी छन् । त्यसमा पनि संस्थापन र अर्को पक्ष भनिएकोमा यी दुईमध्ये एक संस्थापन र एक अर्को पक्ष पुरानै तालिका हो ।

गैरसंस्थापन भनिएकाबाट खासै विवाद छैन देउवा निश्चित उम्मेदवार हुन । तर संस्थापनबाट अबको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउलानकी नबनाउलान् भन्ने प्रश्नको उत्तर त्यहि सजिलो छैन । पौडेल संस्थापनको उम्मेदवार बन्ने प्रयासमा छन् भन्ने प्रष्ट बुझिन्छ । संस्थापन गुटमा रहेका नेताहरुमध्ये बरिष्ठ भएकाले उनको दावी स्वभाविक पनि हो । अबको कोईराला गुटमा पौडेलको नाम सर्वस्वीकार्य हुन्छ कि हुन्न, ठूलो प्रश्न हो । संस्थापन गुटमा पौडेलको स्वीकार्यता घटना क्रमले तत्काल देखिँदैन, किनकि उनलाई संस्थापन पक्षको असन्तुष्ट गुटका नेता मात्र हुन भन्दै कोईराला परिवारका राजकुमार र राजकुमारीहरु उनलाई त्यति पचाउँदैनन पनि ।

कोईराला परिवारका ती राजकुमार होस वा राजकुमारीहरु काँग्रेस पार्टीको लोकतान्त्रिक छवि बचाउन भन्दा पनि आफ्नो कम्पनी जस्तो बनाउन चाहन्छन । त्यसैले अबका दिनका संस्थापन भन्नेहरुलाई पनि त्यति सजिलो छैन । उता गिरिजा प्रसाद कोईरालादेखि शुशिल कोईराला सबैसंग चुनाव लडेका शेर बहादुर देउवा उपयूक्त मौकाको खोजीमा थिए । महाधिवेसन प्रतिनिधिका सवालमा यसपाला विगत भन्दा पनि निकै सुधार गरेर मुख मिठ्याई रहेका बेला व्यक्तिगत रुपमा चिन्ता भए पनि कोईरालाको गमन उनका लागि राजनीतिक रुपमा फाईदाजनक हुने देखिन्छ ।

कोईराला सभापति हुँदा पनि सरकारमा जाँदा होस वा विभागहरु बनाउँदा चुपचाप समर्थन गर्दै सभापतिका तयारीमा उनि हारेका दिनदेखि नै लागेका थिए । त्यसैले यतिवेला देउवाका लागि नेतृत्व गर्ने निकै ठुलो अवसरका रुपमा चर्चापरिचर्चा हुन थालेको छ र जुन स्वाभाविक पनि देखिन्छ । पार्टी फुटाएको दागबाहेक उनको दावी स्वाभाविक पनि छ ।
कांग्रेस सभापति सुशील कोइरालाको निधनसंगै नेतृत्वको खोजीसंगै पार्टीको नेतृत्व दुई दशकपछि औपचरिक रुपमा कोइराला परिवारबाट बाहिर पुगेको छ । यो नेतृत्व तत्काल कोईराला परिवारमा फर्किहाल्ने अवस्था छैन पनि । कोइराला परिवारबाट तीन सदस्य कांग्रेस राजनीतिको केन्द्रमा भागमा छन् । वीपी पुत्र सशांक, वीपीकै भतिज शेखर र गिरिजाप्रसाद पुत्री सुजाता कोइराला । सुजाता सुशीलको विरासत लिन तम्सिंदै गरेको देख्न सकिन्छ । तर, उनको उचाई त्यति छैन पनि । त्यसैले यसैपटक नेतृत्वमा पुग्ने संभावना निकै कम छ । सशांक र शेखरले नेतृत्वको दावी गरेका छैनन् । उनीहरु केवल महामन्त्रीमा आफ्नो चाहाना व्यक्त गरिरहका छन । यदि सस्थापन पक्षले उपयूक्त संयोजन गर्न नसकेमा यस्तो अवस्थामा अबको नेतृत्व काँग्रेसभित्रका प्रतिपक्षी देउवाको हातमा जाने संभावना बढी देखिन्छ ।

कोईरालाको निधनसंगै अबको समिकरण बदलिन पनि सक्दछ । नेपालको राजनीति कलेज पढ्न जाँदा पार्टीभित्रको कुन गुटमा पस्दा सजिलै फाईदा होला भन्ने बेला कोईरालाको अभावका बेला अबको राजनीतिक समिकरणमा व्यापाक फेरबदल हुने निश्चित छ । यस्तो बेला अबको बाँकी जिल्ला अधिवेसनमा नै आउने परिणामहरु बदलिन सक्दछन ।

कांग्रेस स्थापनाकालमा वीपी कोइरालाले टंकप्रसाद आचार्यलाई सभापति बनाएर आफू कार्यबाहक सभापति भएका थिए । त्यसपछि सुवर्णशमसेर जवरा र कृष्णप्रसाद भट्टराईको कार्यकालबाहेक कोइराला परिवारबाट कांग्रेस नेतृत्व बाहिरिएको छैन । तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले १५ बर्ष र सुशील कोइराला ५ बर्ष पार्टीको नेतृत्वमा रहे । कांग्रेसको नेतृत्व अब कसले गर्ने भन्ने निर्णय आउन अब एकमहिना पनि बाँकी छैन । कस्तो परिणाम आउला केहि अनुमान त गर्न सकिएला तर फागुन २० देखि २३ मा हुने १३ औं महाधिवेशन नै कुर्नु पर्नेछ ।

त्यसैले काँग्रेसको काँधमा निकै ठुलो जिम्मेवारी छ । आफ्नै पार्टीको नेतृत्वको सरकारले जारी गरेको सविधान हुनाले अब काँग्रेसले राम्रालाई नेतृत्वमा पुर्याएर सविधान कार्यन्वयनको बाँकी मुलुकको प्रमुख कार्यभार सम्पन्न गर्नुपर्ने बृहत दायित्व छ । नयाँ नेतृत्वसंग नयाँ कार्यभार सम्हाल्न काँग्रेस सक्षम होस अनिमात्र सादगी स्वर्गीय शुशिल कोईरालाको सपना साकार हुनेछ ।

– See more at: http://www.nepalitimes.com.au/?p=1016#sthash.0iuanKAB.dpuf