प्रतिभा प्रस्फुटन गर्न मिस एसएलसी कन्टेष्ट
काठमाडौं— एसएलसी दिएर बसेका किशोरीहरुको प्रतिभा प्रस्फुटित गर्ने उद्देश्यका साथ ट्रिक मिडियाले इन्साइट मिडियाको सहकार्यमा ‘मिस एसएससी कन्टेष्ट—२०१६’ शीर्षकको सुन्दरी प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेको छ । क्वान्टिटीभन्दा क्वालिटीलाई जोड दिने ट्रिक मिडियाले यसअघि पनि मिस युथ नेपालको आयोजना गरेको थियो ।
जेठको तेश्रो हप्तामा फाइनल तय गरिएको यो प्रतियोगितामा प्रतियोगीहरुलाई विभिन्न विषयमा उत्कृष्ट तालिम दिनुका साथै नेपालका विशिष्ट व्यक्तिहरुसंग भेटघाट गराउने तयारी रहेको आयोजक तथा ट्रिक मिडियाका अध्यक्ष नहकुल खड्काले बताएका छन् । एसएलसी दिएर बसेका १३ वर्ष देखि १८ वर्षसम्मका युवतीहरुले सहभागी हुन पाउने यो प्रतियोगितामा सहभागी हुन चाहने किशोरीहरुले मोवाइलको म्यासेज बक्समा गइ Miss र आफ्नो नाम टाइप गरी ४२४३ मा एसएमएस तथा अनलाइनबाट पनि नाम रजिष्टर गर्न सकिने छ । सहभागीहरुको लागि वैशाख ४ लाई पहिलो अडिसनको मिति तोकिएको छ भने सहभागीहरुको माग बढेमा वैशाख ११ गते पनि अडिसन लिने अर्का आयोजक तथा क्रियटिभ इन्साइट मिडियाका अध्यक्ष सूर्य चन्दले बताएका छन् ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...