एनआरएन अष्ट्रेलिया नोटवाला, पूर्व-नेपाली र पिआरवालाको निजी कम्पनी हो ?

-- बियन पल / प्रकाशित मिति : शनिबार, बैशाख १४, २०७६

एनआरएन भन्ने बितिक्कै धेरै नेपालीलाई अर्बपतीहरुको क्लब वा धनाढ्यहरुको निजी संस्था जस्तो लागेको छ र शुरुमा नै नाम लिन शुरु गर्छन् उपेन्द्र महतो, जीबा लामिछाने, शेष घले र भबन भट्ट, यिनै अर्बपतीहरुलाई सम्झिन्छन् उहाँहरुको प्रेरणादायी नेतृत्व र संस्थाप्रतिको जुन लगाब छ त्यो कुरा सबैले सलाम गरेका छन् ।
एनआरएन संस्था प्रबास भूमिमा दूताबास पछिको सबै भन्दा बिश्वासिलो र साझा सँस्था हो । एनआरएनले गर्ने धेरै कामहरु राम्रा र सकरात्मक छन, च्यारटी, वेलफेयर, अवारेन्स प्रोग्राम, विद्यार्थी सहायता, कलेक्टिभ इन्भेष्टमेन्ट र आफ्नो संस्कार र नयाँ पिढीलाई नेपालीपन भुल्न नदिनको लागि विविध कार्यक्रम निरन्तर गर्दै आएको छ ।
नेपाली उखान बर्मा गयो कर्म संगै भने जस्तै नेपालको प्रत्येक पार्टीको भातृ संगठन प्रबास संस्था र जिल्ला जिल्लाको समितिको अध्यक्ष र महासचिब पदीय हैसियतलाई निकै ठूलो ठान्ने धेरै नेपाली प्रबासमा छौं, जुन उद्देश्यले बिदेश आएका छौं त्यो भुलेर नेपालको जुन संस्कार र प्रबृति छ त्यही बोकेर ल्याउँदा कसैलाई राम्रो गरेको छैन, प्रबासमा प्रबासीको हक हित र रचनात्मक काम गर्दा नै उत्तम हुन्छ, नेपालको राजनीति नेपाल तिर नै गर्दा जाति हुनेछ । सबैलाई भन्न सकिन्न तर अहिलेको नयाँ पिढिमा धेरै कुरा बुझ्ने र आँफै गर्ने संस्कार बढेर गएको छ । एनआरएनमा विद्यार्थीलाई पैसा तिरेर सदस्य बन्न दिने तर कुनै पनि पदीय जिम्मेवारिमा बस्न नपाउने नियम बनाउनुको नियत के होला ? विद्यार्थीले त्यस्तो प्लेटफर्म खोजी रहेको हुन्छ, जहाँबाट संस्थाप्रति जिम्मेवार र सारथी बन्दै प्रतिनिधिमूलक व्यक्ति बनेर नेतृत्वको बिकास गर्ने प्यासनमा अगाडि बढ्दै गर्दा मुलगेट नै बन्द गरिएको जस्तो अनुभूति र असहयोगी व्यवहार भएको छ, जुन दुःखद छ ।


लोकतान्त्रिक निर्णय गर्न र धेरैको सहभागिता हुनको लागि र प्रतिश्प्रर्धा पनि ठूला समुहको गर्नको लागि निम्नतम बिधि भनेको नै सदस्य र सदस्यता बढाउनु हो, एनआरएन संसार भरी फैलिएको प्रबासी नेपालीकोसहयोगी र उपयोगी संस्था पनि हो, एकै नेपाली फरक देशमा फरक बिधि र पद्धतीबाट मुक्त गराउन सबैले पहल गर्नु जरुरी छ, त्यसो नभए ग्रेडिङ सिस्टम गरिनु पर्छ, अष्ट्रेलिया बस्ने पुराना नेपाली र पिआरधारी ग्रेड ए र बाँकी अरु संसारमा बस्नेलाई ग्रेड सि । जसरी नेपालमा ठूलो जात, सानो जात भन्ने पुरेती प्रणाली छ, जुन हाम्रो संस्कार बनी सकेको अचम्मको व्यबहारिक पाटो छ । एनआरएन अष्ट्रेलिया संसार भरीको कुनै एनआरएनसँग मेल खाँदैन, किनकी यहाँको पुराना नेपालीहरु प्रायः गरेर नागरिता लिएर बसेका छन, त्यो नभए पनि पिआर लिएर बसेका छन् । उहाँहरुको निम्ति व्यपार व्यवसाय र बिभिन्न शैक्षिक परामर्ष केन्द्र, रियलस्टेटदेखि ट्राभल र हुन्डी कारोबार तिर फस्टाउँदो कारोबार उन्मुख हुनुहुन्छ, सायद त्यसैले होला, एनआरएन अष्ट्रेलिया पूर्ण रुपमा उहाँहरुको पकड र नियन्त्रणमा छ । जे जे गर्दा उहाँहरुलाई पदीय हैसियत र जिम्मेवारी रहन्छ त्यो गर्नु हुन्छ र यहाँका पूर्व नेपाली र पिआरधारीले अष्ट्रेलियालाई छुट्टै ग्रह सम्झिनु हुन्छ, जुन गल्फ तिर बस्ने नेपाली मात्रा नभएर युरोप अमेरिकातिर बसोबास गर्नेभन्दा उच्च बर्गको स्व घोषित व्यबहार छ । जुन एनआरएन अष्ट्रेलियाको बिधानले स्पस्ट भन्छ ।
संसार भरी छरिएर रहेको एनआरएनको सदस्यता लिने प्रबधानमा गल्फ देशहरु लगायत मलेसिय, जापान, कोरिया र हङ्गकङ्गमा पनि लगभग उस्तै छ, एनआरएन सदस्य बन्नको लागि कम्ति २ बर्ष पर्देश बसेको हुनुपर्ने, भिजिटर बाहेक विद्यार्थी, कामदार ईत्यादी सबैले समान हक र सम्मान अधिकार पाउछन, यस्तै उता युरोप र अमेरिका तिर पनि गल्फ देशहरु भन्दा केही पनि भिन्नता छैन, प्रायः गरेर विद्यार्थी भएकै कारण सदस्यता बन्न नपाउनेदेखि कुनै पनि एनआरएन पदमा उठ्नबाट कोही बन्चित छैनन् । तर अष्ट्रेलियामा आफ्नो पद बचाई राख्न र एनआरएन आफ्नो रिमोटमा चलाउनको लागि महँगो शुल्क राखेर धेरैलाई आर्थिक भार गर्ने, फर्म भर्दा अत्यन्त निजी कुराहरु भिसा स्टाटस, काम र सम्पूर्ण विवरण बुझाउनु पर्ने जुन झन्झटिलो अबिश्वासनीय निहित उद्देश्यले लादिएको छ, त्यो बिलकुल जायज छैन, घुमाउरो भाषामा पूर्व नेपाली, पिआरवाला वा पिआर लिने लाइनको बाहेक अरु नेपालीले सदस्य बन्न ढोका बन्द जस्तै छ, कथम कदाचित सदस्य बन्न दिए पनि पूर्ब नेपाली र पिआरवालासँग एनआरएनको चुनावमा प्रतिश्प्रर्धा गर्न नमिल्ने प्राबधान छ, केबल विद्यार्थी बर्ग ।